चितवन । प्रेस सेन्टर नेपाल चितवन शाखाको अध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकटका पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित प्रेस सेन्टरको आइतबार भरतपुरमा सम्पन्न छैटौँ अधिवेशनबाट आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा नवीनबाबु मरहठ्ठा र दिप्ती विश्वकर्मा, सचिवमा सुरेन कुँवर, सहसचिवमा अनिल भट्टराई र हिरालाल गुरूङ, कोषाध्यक्षमा सुनिल पराजुली निर्विरोध भएका हुन् । यस्तै सदस्यहरुमा कमलराज ढकाल, राजकुमार देउजा, सन्तोष विश्वकर्मा, विशाल अम्गाईं, प्रमिता भण्डारी र सुजन खनाल चयन भएका छन् ।
महानगर अध्यक्षमा सापकोटा
यस्तै, सोही अधिवेशनबाट किशोरचन्द्र सापकोटाको नेतृत्वमा प्रेस सेन्टर नेपाल भरतपुर महानगर समितिको पनि नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रविचन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा भने विवेक पोख्रेल, दीपक पोखरेल, सूचना गुरूङ, अशोक परियार र सुजन परियार चयन भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका पूर्वअध्यक्ष प्रकाशमणि ज्ञवालीले जानकारी दिए ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’को उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो । २०६० सालमा स्थापना भएको प्रेस सेन्टर चितवनमा हाल ९३ सदस्य आबद्ध छन् ।