२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनको प्रेस सेन्टरमा राजेन्द्र आचार्यको नेतृत्व

महानगर अध्यक्षमा किशोरचन्द्र सापकोटा
प्रकाशित मिति : २०८१ माघ १४ गते
प्रेस सेन्टर नेपाल चितवन शाखा अध्यक्ष राजेन्द्र आचार्य (बायाँ) र महानगर अध्यक्ष किशोरचन्द्र सापकोटा ।

चितवन । प्रेस सेन्टर नेपाल चितवन शाखाको अध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकटका पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित प्रेस सेन्टरको आइतबार भरतपुरमा सम्पन्न छैटौँ अधिवेशनबाट आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा नवीनबाबु मरहठ्ठा र दिप्ती विश्वकर्मा, सचिवमा सुरेन कुँवर, सहसचिवमा अनिल भट्टराई र हिरालाल गुरूङ, कोषाध्यक्षमा सुनिल पराजुली निर्विरोध भएका हुन् । यस्तै सदस्यहरुमा कमलराज ढकाल, राजकुमार देउजा, सन्तोष विश्वकर्मा, विशाल अम्गाईं, प्रमिता भण्डारी र सुजन खनाल चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

महानगर अध्यक्षमा सापकोटा

यस्तै, सोही अधिवेशनबाट किशोरचन्द्र सापकोटाको नेतृत्वमा प्रेस सेन्टर नेपाल भरतपुर महानगर समितिको पनि नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रविचन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यसमिति सदस्यहरुमा भने विवेक पोख्रेल, दीपक पोखरेल, सूचना गुरूङ, अशोक परियार र सुजन परियार चयन भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका पूर्वअध्यक्ष प्रकाशमणि ज्ञवालीले जानकारी दिए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’को उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो । २०६० सालमा स्थापना भएको प्रेस सेन्टर चितवनमा हाल ९३ सदस्य आबद्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36