२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

डोनाल्ड ट्रम्पमाथि अनुसन्धान गर्ने १२ वकिललाई पदमुक्त

प्रकाशित मिति : २०८१ माघ १५ गते
File photo.

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरुलाई पदबाट बर्खास्त गरिएको छ ।

कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेको सीबीएस न्यूजले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् ।

बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।

जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो । त्यसपछि ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रुपमा नियुक्त गरिएको थियो । तर सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । ट्रम्पले पद सम्हालेलगत्तै उनीहरुलाई पदबाट हटाउने घोषणा गरेका थिए ।

बर्खास्तीको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ ।

स्मिथ ठूला भ्रष्टाचार र राष्ट्रिय सुरक्षामा आँच आउने क्रियाकलापका अनुसन्धानमा संलग्न अब्बल अधिकारी मानिन्थे । तर उनले ट्रम्पमाथि आफूले गरिरहेको अनुसन्धानको बचाउ गरेका थिए । उनले आफ्नो अनुसन्धान बाइडेन प्रशासनबाट प्रभावित नभएको प्रष्टीकरण दिएका थिए ।

यसैबीच ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । नयाँ कार्यकारी आदेश ट्रान्सजेण्डरको सैन्य भर्ती, कोभिड भ्याक्सिन लगाउन इन्कार गर्नेहरुलाई सैनिक सेवामा पुनर्वहाली तथा विविधता र समावेशीसँग सम्बन्धित रहेको बीबीसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20