चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशमा युवराज श्रेष्ठ पुनः अध्यक्षमा चयन भएको छ । फोनिज बागमती प्रदेशको तेस्रो महाधिवेशनबाट सर्वसम्मत श्रेष्ठ (रामेछाप) पुनः अध्यक्षमा निर्वाचित भएको हो ।
महाधिवेशनबाट उपाध्यक्षमा दिल बहादुर लामा (मकवानपुर), महिला उपाध्यक्षमा अनिता डंगोल (काठमाडौं), महासचिवमा राजु नापित (काठमाडौं), सचिव संस्थागत हिरालाल गुरुङ्ग (चितवन), महिला सचिवमा निशा गुरुङ्ग मकवानपुर, कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) चयन भएका छन् ।
यस्तैगरी सदस्यहरुमा बाबुकाजी श्रेष्ठ (भक्तपुर), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), मानकाजी तामाङ्ग (सिन्धुपाल्चोक), रत्नकाजी प्रजापती (भक्तपुर), संस्थागत सदस्यहरु रवि महर्जन (काठमाडांै), जर्नेल घले (रसुवा), तेज नाहिरिङ्ग राई (काठमाडौं), श्यामलाल लामा (काठमाडौं), अल्पसंख्यक सदस्य विशाल राज राई (सिन्धुली)लाई निर्वाचित गरेको हो ।
त्यस्तै, लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ, अनुशासन समिति संयोजकमा जगत तामाङ र सदस्यमा प्रदिप कुमार श्रेष्ठ, लेखा समिति सदस्य (खुल्ला) मा निर बहादुर तामाङ्ग (चितवन) चयन भएका छन् भने संघीय प्रतिनिधिहरुमा सरस्वती श्रेष्ठ, राजेश रुम्बा लामा (चितवन), श्याम राना मगर चुनिएका छन् ।
नयाँ कार्यसमिति तीन वर्षे कार्यकालको हुनेछ भने चार जना सदस्यहरुको उमेदवारी नपरेकोले पहिलो बैठकबाट मनोनित गरिने निर्वाचत समितिले जनाएको छ ।