२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आगलागीको जोखिमबाट बचौँ

प्रकाशित मिति : २०८१ चैत्र १३ गते

नेपालीमा एउटा उक्ति छ– ‘सलाइको एउटा काँटीले संसार खरानी हुनसक्छ ।’ यो भनाइसँग सहमत हुने आधारहरु थुप्रै छन् । किनकि आगोको एक झिल्कोले नै भयङ्कर आगलागी भएका दर्जनौँ घटना छन्, अबौँ धनजनको क्षति भएका छन् । सिंगो गाउँ, सहर र वन क्षेत्र ध्वस्त भएका छन् । एउटा सानो हेलचक्र्याइँ र लापरबाहीबाट सुन्दर सहर खरानीमा परिणत भइरहेका छन् । चैत्र, वैशाख सुख्खा याम हो । यस समयमा बढी हावाहुरी चल्ने कारण सानो मानवीय त्रुटीबाट ठूलो जनधनको क्षति हुने सम्भावना रहन्छ । नेपालको भौगोलिक अवस्था, जोडिएका बस्ती, अव्यवस्थित सहर र जोखिमपूर्ण वासस्थानले गर्दा डढेलो तथा आगजनीले ठूलो क्षति पु¥याउँदै आएको छ । सोमबार दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित प्लाई उद्योगमा आगलागी हुँदा बस्तीनै सखाप हुने अवस्थामा पुग्यो । करिब सात बिघा जग्गामा फैलिएको सांग्रिला ब्राण्डको प्लाई उत्पादन गर्दै आएको गणपति उद्योगमा लागेको आगो निभाउन हम्मेहम्मे भयो । यो एउटा दृष्टान्त मात्रै हो ।

चितवनमा पनि बेलाबेला आगजनी तथा वन डढेलोबाट जनधन तथा वन्यजन्तु तथा वन पैदावारमा ठूलो क्षति पुग्दै आएको छ । चितवनमा चारैतिर वन क्षेत्रले घेरिएका कारण डढेलोको जोखिम उच्च रहेको छ । हरेक वर्ष डढेलोको जोखिम बढ्दै गए पनि नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम भने आउन सकेको छैन । जिल्ला वन कार्यालयले सचेतनासम्बन्धी सामान्य कार्यक्रम गर्दै आए पनि नियन्त्रण गर्न सरोकारवाला निकाय असमर्थ रहेको देखिन्छ । मानवीय त्रुटी तथा नियतवश भएका लागलागीले चितवनका धेरै ठाउँमा क्षति पु¥याएको छ । चितवनका दस हजार वन क्षेत्र डढेलोको उच्च जोखिममा रहेको पाइएको छ । चितवनको कुल वन क्षेत्रमध्ये २२ प्रतिशत डढेलोको उच्च जोखिममा रहेको जिल्ला वन कार्यालयले जनाएको छ । जोखिमपूर्ण क्षेत्रमा केही सामुदायिक वनले ‘फायर लाइन’ निर्माण गरे पनि त्यो प्रभावकारी हुन सकेको पाइँदैन ।

- ADVERTISEMENT -

Advertisement

वन डढेलो तथा जलवायु परिवर्तनबारे केही गैरसरकारी संस्थाले सचेतना कार्यक्रम गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन । केही संस्था तथा नेपाली सेनाले वन डढेलो नियन्त्रणबारे अभ्यास गर्दै आएका छन् । तर जोखिमपूर्ण गाउँ, बस्तीमा त्यसको प्रभाव पर्न सकेको छैन । सलाइ, लाइटरजस्ता संवेदनशील सामग्री केटाकेटीको पहँुचभन्दा टाढा राख्ने, वन क्षेत्रमा आगो नबाल्ने, आगो राम्ररी निभाएरमात्र सुत्नेजस्ता आधारभूत ज्ञान सबैलाई हुँदाहुँदै पनि हेलचक्र्याइँ गर्ने प्रवृत्ति विद्यमान छ । सामान्य कुराको ख्याल नगर्दा जुनसुकै बेला असामान्य घटना घट्न सक्छ । सरोकारवाला निकायले वन डढेलो तथा आगलागीको जोखिमबाट बच्न र डढेलो नियन्त्रणका लागि गर्न सकिने जनचेतनामूलक कार्यक्रम वन नजिकका बासिन्दाबीच पु¥याउन सक्नुपर्छ । समयमै सावधानी अपनाउने हो भने सबैको प्रयासबाट आगोलागी तथा वन डढेलो नियन्त्रण गर्न सकिन्छ । आगलागीबारे पूर्व सावधानी अपनाउन सकिए पनि संभाव्य क्षति न्यूनीकरण हुने देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85