२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजावादी र गणतन्त्र समर्थकहरुले भोलि प्रदर्शन गर्ने, सुरक्षा सतर्कता उच्च

प्रकाशित मिति : २०८१ चैत्र १४ गते
file photo.

काठमाडौं / देशको संघीय राजधानी काठमाडौंमा भोलि (शुक्रबार) राजनीतिक माहोल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू उत्साहित हुँदै सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, माओवादी केन्द्र सहितका समाजवादी घटकहरूले समेत शक्ति प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको परिप्रेक्ष्यमा दुबै पक्षले एकैदिन राजधानीमा प्रदर्शन गर्न लागेको कारण सुरक्षाकर्मीहरू सतर्क बनेका छन् । समाजवादी मोर्चाले भोलि प्रदर्शनको तयारी गरेको छ । गणतन्त्र पक्षधर शक्ति एकजुट भएर सडकमा उत्रन लागेका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसैदिन, राजसंस्थाको पुनर्स्थापनाका लागि अभियान चलाइरहेको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले विरोध प्रदर्शन गर्ने योजना बनाएको छ । जसमा राप्रपा र राप्रपा नेपालको पनि समर्थन रहनेछ ।

यसले राजनीतिक वातावरण तनावग्रस्त बन्न सक्ने सम्भावना बढाएको छ । राजनीतिक प्रदर्शनहरूमा अप्रत्याशित घटना घट्न सक्ने भएकाले सुरक्षाकर्मीहरूले व्यापक सतर्कता अपनाएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उच्च सतर्क रहन निर्देशन दिएको छ । सुरक्षा संयन्त्रले समाजवादी मोर्चाको प्रदर्शनमा अनावश्यक घुसपैठ हुनसक्ने भन्दै गोप्य निगरानी बढाएको छ ।

- ADVERTISEMENT -

Advertisement

तीनवटै प्रहरी परिसरका अधिकारीहरूलाई आ–आफ्नै स्रोत परिचालन गरेर राजनीतिक गतिविधिहरू निगरानी गर्न भनिएको छ । प्रहरी स्रोतका अनुसार, कुनै पनि अप्रिय घटना हुन नदिन, प्रदर्शनको प्रकृति र सम्भावित असरबारे गहन अध्ययन भइरहेको छ । राजनीतिक गतिविधिहरूले काठमाडौंको सुरक्षा अवस्थालाई अस्थिर तुल्याउने जोखिम रहेकोले विभिन्न सुरक्षा निकायहरूबिच समन्वयात्मक निगरानी बढाइएको हो ।

राजनीतिक दलहरूका प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापनमा समेत असर पार्नसक्ने भएकाले ट्राफिक प्रहरीले समेत विशेष योजना बनाइरहेको छ । राजनीतिक माहोलको संवेदनशीलता र सुरक्षासम्बन्धी चासोलाई ध्यानमा राख्दै, सुरक्षा अधिकारीहरूले आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी समेत गरिरहेका छन् । भोलि काठमाडौंका मुख्य क्षेत्रहरूमा सुरक्षा उपस्थिति बढाइनेछ र प्रदर्शनकारीहरूको गतिविधि निगरानीमा राखिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09