२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वायु प्रदूषण नियन्त्रण गरौँ

प्रकाशित मिति : २०८१ चैत्र २० गते

राजधानी काठमाडौँलगायत देशका प्रमुख सहरहरु वायु प्रदूषणको जोखिममा रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् । समग्र प्राणी र मानवलाई बाँच्नका लागि स्वच्छ वायुको आवश्यकता पर्दछ । विषाक्त वायु र फोहोर पानीका कारण दम, मुटु, फोक्सो, आँखा, नाक, कान, घाँटीका समस्या भएका मानिस दिनहुँ थपिँदै गएका छन् । पछिल्लो समय पूर्णआयुसम्म मानिस बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छन् । देशको केन्द्रीय राजधानी काठमाडौँ बढ्दो वायु प्रदूषणका कारण पर्यटकीय गन्तव्य भन्नै नसकिने अवस्थामा पुगिसकेको छ । पर्यटकीय आकर्षक गन्तव्य कायम राख्नका लागि आधारभूत कुरा भनेकै स्वच्छ वायु र सफा खानेपानी नै हो । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने राजधानीवासीको श्वास नै फेर्न नसकिने प्रदूषण र पिउन अयोग्य पानी खानुपर्ने नियति छ । वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहँदा पनि राज्यले प्रदूषण नियन्त्रण गर्न सकिरहेको छैन । वायु प्रदूषण रोक्न गरिएका प्रयासहरु प्रभावकारी हुन नसक्दा राजधानीवासी जोखिमपूर्ण जीवन बाँचिरहेका छन् ।

विभिन्न तथ्यांकका आधारमा राजधानी काठमाडौँलाई विश्वकै प्रदूषित सहरका रुपमा चित्रण गरिएको छ । एसियाका २२ ठूला सहरमध्ये सबैभन्दा प्रदूषित सहर भारतको नयाँदिल्ली मानिन्छ । वायु गुणस्तरको सूचकाङ्कमा काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ सूचीमा परेको छ । काठमाडौँको एक्युआई (वायुको गुणस्तर सूचकाङ्क) १७० रहेको एअर क्वालिटी इन्डेक्सले केही समयअघि देखाएको थियो । आइक्युएअरका अनुसार दक्षिण एसियाका अन्य सहरमा पनि उच्च प्रदूषण देखिँदा वायु प्रदूषणको समस्या दक्षिण एसियामै उच्च देखिनु यस क्षेत्रकै चुनौती हो । बढ्दो सहरीकरण, अव्यवस्थित बसोबास र विकासका गतिविधिका कारण वायु प्रदूषणको अवस्था खतरातर्फ गइरहेको छ । वायु प्रदूषणको प्रत्यक्ष प्रभाव मानव स्वास्थ्यमा पर्ने भएकाले कैयौँ मानिसले जटिल स्वास्थ्य समस्या भोग्नुपरेका छ । यसबाट हुने आर्थिक क्षतिको परिणाम पनि अकल्पनीय छ । वायु प्रदूषणको मुख्य कारण सवारी साधनबाट निस्कने धुवाँ र धुलोलाई नै मानिएको छ ।

- ADVERTISEMENT -

Advertisement

वायु प्रदूषण न्यूनीकरणका लागि विभिन्न सरकारी र गैरसरकारी निकायले गरेको प्रयास निरर्थक बन्न पुगेको छ । पुराना गाडी वायु प्रदूषण गर्ने अर्को कारक मानिन्छ । गाडीको प्रदूषण जाँच गर्दा आधाभन्दा बढी सवारीसाधन मापदण्डभित्र नपर्नुले यसलाई पुष्टि गर्छ । सरकारले २० वर्ष पुराना सवारी पूर्णरुपमा बन्देज लगाउने निर्णय गरिसकेको छ । पछिल्लो समय इभी गाडीको प्रयोग बढेका कारण वायु प्रदूषण न्यूनीकरणमा टेवा मिल्ने देखिन्छ । बढ्दो सहरीकरण र सवारीसाधनको अस्वाभाविक वृद्धिले गर्दा वायु प्रदूषण बढेकोमा दुईमत छैन । एसियाको प्रदूषित सहरका रुपमा खराब सूचीमा सूचीकृत गरिँदा पनि वायु प्रदूषण नियन्त्रणमा सरकारसँग ठोस कार्यक्रम नहुन दुर्भाग्य हो । सरकारले अविलम्ब वायु प्रदूषण नियन्त्रणका लागि ठोस नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45