Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका ८० प्रतिशत भूमिहीन लालपुर्जाबाट वञ्चित

निस्सा प्राप्तिका लागि वडामा नाम दर्ता गराउन आग्रह
प्रकाशित मिति : २०८२ बैशाख १० गते

– बबिलाल तामाङ

चितवन । भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामाले भूमिहीन सुकुमबासीहरु कतिपय प्रक्रियाका चरणहरु थाहा नपाएर समस्या परेको बताएका छन् । तामाङ पत्रकार संघ चितवनले आयोजना गरेको २०८२ सालको भित्तेपात्रो विमोचन कार्यक्रममा अध्यक्ष लामाले सो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेमा भूमिहीन सुकुमबासीहरुले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गर्न सहज हुने उनको भनाइ थियो । अध्यक्ष लामाले यो पुण्यकर्ममा सबैको साथ र सहयोग अपरिहार्य रहेको जिकिर गरे ।

भूमि समस्या समाधान आयोग चितवनमा ८० प्रतिशत भूमिहीनहरुले लालपुर्जा पाउनबाट वञ्चित भएको उनले बताए । वडादेखि नगरपालिकासम्म गरिने कानुनी झन्झटको बारेमा भूमिहीनहरुले थाहा नपाउँदा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नबाट वञ्चित भएको उनले बताए ।

उनले तामाङलगायत जनजाति समुदायभित्रका भूमिहीनहरुलाई निस्साको लागि वडाहरुमा नाम दर्ता गराउन आग्रहसमेत गरे । भूमिहीनहरुले जग्गा प्राप्त गर्न कागजी प्रक्रिया र समयावधि लामो हुने भएकोले सक्दो चाँडो आफैँ लागिपर्नुपर्ने उनको सुझाव थियो ।

सोही अवसरमा लामाले तामाङ पत्रकारहरुले आम नेपाली जनताको समस्यालाई उजागर गर्दै संस्थागत विकासमा पनि ध्यान दिनुपर्ने बताए । तामाङ समुदायका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका सबैलाई तामाङ पत्रकारहरुले गर्ने हरेक गतिविधिमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

पत्रकारले सही र सत्यतथ्य सूचना सम्प्रेषण गर्दै समाज रुपान्तरणमा मह¤वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सचिव गोमानसिंह लामा, तामाङ पत्रकार संघ केन्द्रीय सदस्य राजेशरुम्बा लामा, बागमती प्रदेशका ज्ञानेन्द्र तामाङ, राप्ती नगरपालिका वडा नं–५ का वडाध्यक्ष सीताराम तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

विसं २०८० कात्र्तिकमा तामाङ पत्रकार संघ चितवनले उत्कृष्ट जिल्लाको रुपमा सम्मान प्राप्त गरेको थियो । जिल्ला शाखाको गतिविधि निरन्तरता र समुदायमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तामाङ पत्रकार संघ बागमती प्रदेशले सम्मान गरेको हो । संघले २०७१ सालदेखि निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22