२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्राविधिक शिक्षाको अपरिहार्यता

प्रकाशित मिति : २०८२ बैशाख १० गते
- ADVERTISEMENT -

मुलुकमा शैक्षिक जनशक्तिहरु बेरोजगार बनिरहेका छन् । स्नातकोत्तर उत्तीर्ण गरेका कैयौं जनशक्ति विदेश पलायन हुनेक्रम बढ्दो छ भने डिग्री हासिल गरेर पनि सामान्य रोजगार पाउन नसकेका दृष्टान्त थुप्रै छन् । नेपाली समाजमा शिक्षित जनशक्ति राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो मह¤वपूर्ण समय खेर फालिरहेको छ । यो अधिकांश नेपालीको नित्य कर्मजस्तै बन्न पुगेको छ । सीपमूलक काम गर्ने र क्षमताअनुसार आफ्नो कमाई गरेर खाने संस्कृतिको अझैसम्म पनि विकास नभएका कारण हाम्रो देश विकासमा धेरै पछाडि परिरहेको छ । प्राविधिक ज्ञान हुनेहरु कोही पनि बेरोजगार बन्नुपर्दैन । त्यसैले आजको प्रमुख आवश्यकता नै व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा नै हो । देशमै केही गरौँ भन्ने भावना भएका युवा शक्ति नगण्य छन् । प्रायः युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति बढिरहेको छ । देशमा जनशक्ति घट्दै जाँदा नेपालमा घर बनाउनु परे वा विकास निर्माणका जुनकुनै काम गर्नु परे पनि छिमेकी भारतका मजदुरकै भर पर्नुपर्ने अवस्था छ । मेहनत गर्न सके नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि अरुले नै सिकाइदिनु परेको छ ।

अहिले देशभर भर्ना अभियान जारी छ । स्कुले बालबालिकालाई आफ्नो तौलबराबरको किताबको भारी बोकाएर हामीले शिक्षाका नाममा यातना दिइरहेका छौँ । कापी किताबको संख्या बढाएरमात्रै विद्यार्थी शिक्षित हुने होइनन् । कैयौँ देशमा बालबालिकाको रुचिअनुसार पठ्नपाठन गराउने अभ्यास भइसकेको छ । बालमैत्री, विद्यालयमैत्री र प्रविधिमैत्री वातावरणमा बालबालिकाले शिक्षा आर्जन गर्न सके दक्ष जनशक्ति स्वतः उत्पादन गर्न सकिन्छ । वर्षौंदेखि लादिएर पढ्न बाध्य नेपाली युवा जनशक्ति अन्नतः खाडी मुलुकहरुमा ‘थ्रिडी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य हुनपर्ने नियति छ । एकातिर हामी आफ्नो काम आफैँ गर्न नसकेर परनिर्भर भइरहेका छौँ भने शिक्षित जनशक्ति पनि प्राविधिक ज्ञान नहुँदा जस्तोसुकै कामका लागि पनि बिदेसिनु पर्ने बाध्यता छ । पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थी तथा अभिभावकहरुको ध्यानकेन्द्रित भइरहेको छ । एसइई परीक्षा उत्तीर्णसँगै भविष्यको मार्र्गिचत्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सकेमात्र शैक्षिक बेरोजगारको पनि अन्त्य गर्न सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

देश विकासको मुख्य आधार नै शिक्षा प्रणाली भएकाले सरकारले प्रत्येक जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ । देश बनाउन युवाहरुको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ । तसर्थ उनीहरुलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुने विश्वास गर्न सकिन्छ । प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु जरूरी भइसकेको छ । जुन विषय अध्ययन गरे पनि त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ । देशलाई आर्थिक विकास र समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्त रुप दिनु राज्यको दायित्व पनि हो । अहिलेको कतिपय विद्यालयमा प्राविधिक विषय अनिवार्य गरिएको छ । यो खुसीको विषय हो । प्राविधिक शिक्षाबाट मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुनेक्रम न्यूनीकरण हुने आशा गर्न सकिन्छ । हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ । व्यावहारिक र आत्मनिर्भरउन्मुख जनशक्तिले मात्रै मुलुक समृद्ध बन्न सक्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04