Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

प्रकाशित मिति : २०८२ बैशाख १२ गते

चितवन / उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीलाई पुष्पान्जली हस्पिटलले स्वास्थ्य सेवामा सहुलियत दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र हस्पिटल बिच बिहिबार छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनले संघको संस्थागत उत्तरदायित्व अन्तर्गत रहि संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा सुविधा बृद्धि गर्नको लागि संघ प्रयत्नशिल रहेको बताउँदै स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउने पुष्पान्जली हस्पिटललाई आभार व्यक्त गरे । कार्यक्रममा पुष्पान्जली हस्पिटल भरतपुरका प्रवन्ध निर्देशक सुजनराज अधिकारीले उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउदा खुशी लागेको बताउँदै आगामी दिनहरूमा पनि यस किसिमका छुट उपलब्ध गराउँदै लैजाने बताए ।

- ADVERTISEMENT -

Advertisement

सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र देखाउनु पर्ने छ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । पुष्पान्जली हस्पिटलमा संघका सदस्यहरूले बेडचार्ज, ल्यावटेष्ट, इसिजि, इको, एक्सरे लगायतको सेवामा २५ प्रतिशत, अप्रेशन सिटिस्क्यान र क्याविन सेवामा १० प्रतिशत, र फार्मेसीमा ७ प्रतिशत छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताए । साथै सदस्य व्यवसायीका परिवारका अन्य सदस्यहरूले समेत सो सुविधा प्राप्त गर्ने पुस्पाञ्जली हस्पिटल भरतपुरका प्रवन्ध निर्देशक सुजनराज अधिकारीले बताए ।

सम्झौता पत्रमा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ र पुष्पान्जली हस्पिटल भरतपुरका प्रवन्ध निर्देशक सुजनराज अधिकारीले हस्ताक्षर गरे । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर केसी, पुष्पान्जली हस्पिटल प्रा.लि. भरतपुरका डा. भोजराज अधिकारी र केदारप्रसाद सुवेदीको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22