निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रासायनिक विषादीको जोखिम

प्रकाशित मिति : २०८२ बैशाख १७ गते
- ADVERTISEMENT -

चितवन जिल्ला कृषि क्षेत्रको लागि उर्वर भूमि मानिन्छ । यहाँका ९३ प्रतिशत किसानले रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइन्छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी कृषकले १० वर्षदेखि रासायनिक विषादी मात्र प्रयोग गरिरहेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले गरेको अध्ययनले जनाएको छ । पछिल्लो समय कृषि क्षेत्रमा रासायनिक विषादीको अत्यधिक प्रयोग नेपालमा मात्र नभई विश्वभरि नै चिन्ता र सरोकारको विषय बन्न पुगेको छ । नेपालमा बर्सेनि ६ सय मेट्रिक टन विषादी आयात हुने गरेको छ । जसको मूल्य करिब ७५ करोड रुपैयाँबराबर हुन आउँछ । नेपालमा आयात हुने विषादीमध्ये ८५ प्रतिशत विषादी त तरकारीमा प्रयोग हुने गरेको पाइएको छ । लामो समयदेखि विषादी प्रयोग गर्ने किसानलाई विषादीको जोखिमबारे ज्ञान छैन । विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असर झनै भयावह छ । क्यान्सरको अध्ययन गर्ने एउटा संस्थाको १० वर्षको अध्ययनअनुसार नेपालमा क्यान्सर उपचारका लागि आउने बिरामीमध्ये एक तिहाइभन्दा बढी अर्थात् ३७ प्रतिशत किसान रहेका छन् ।

चितवनका विभिन्न क्षेत्रमा व्यावसायिक किसानले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने गर्छन् । यहाँ उत्पादित तरकारी देशका प्रमुख सहरहरुमा खपत हुन्छन् । जसमध्ये ६० प्रतिशत तरकारी कालीमाटी तरकारी मण्डीमा पुग्ने गरेको छ । तर, दुःखको विषय के छ भने, यहाँका अधिकांश किसानले विषादी प्रयोग गरेर तरकारी उत्पादन गर्ने गर्छन् । जसको प्रत्यक्ष असर जनस्वास्थ्यमा परिरहेको छ । तरकारी तथा फलफूलमा लाग्ने रोग र कीराका विरुद्ध जथाभावी विषादी प्रयोगका कारण नेपालीको स्वास्थ्य जोखिममा परिरहेको छ । दश वर्षभन्दा अघिदेखि तरकारी उत्पादन गर्दै आएका ६० प्रतिशत किसानलाई खाद्यबालीमा कस्तो विषादी प्रयोग भइरहेको छ भन्नेसम्म पनि ज्ञान नहुनु अर्को विडम्बनाको विषय बनेको छ । एकातिर किसानले अन्धाधुन्ध विषादीको प्रयोग गरिरहने र अर्कोतर्फ यस्ता तरकारी उपभोग गर्दा विभिन्न कडा खाले रोग बढ्दै गएको पाइन्छ । तरकारीको विशेष खेती हुने क्षेत्रमा प्रयोग भएका विषादी र विषादी छर्किएका तरकारी समयअगावै बजारमा पठाइँदा मानव स्वास्थ्यमाथि खतरा उत्पन्न भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

सन् १९५२ मा औलो उन्मूलनका लागि अमेरिकाबाट ल्याइएको डिडिटी विषादी नेपालमा पहिलोपटक प्रयोग भएको मानिन्छ । त्यसयता विषादीको प्रयोग द्रुत गतिमा हुन थालेको हो । नेपालमा तरकारी खेती हुने विशेष पकेट क्षेत्रहरुमा अत्यधिक र जथाभावी विषादी प्रयोग गरिँदा विषादी प्रयोग गर्ने किसान र उपभोक्ता दुवै जोखिममा छन् । विज्ञहरुको अध्ययनबाट धेरै किसानले अन्न बाली र तरकारीमा चाहिनेभन्दा बढी मात्रामा विषादीको प्रयोग गर्ने गरेको पाइएको छ । जसमध्ये ७७ प्रतिशतलाई विषादीबाट हानि हुन्छ भन्ने जानकारी हुँदाहुँदै पनि सो कार्य गर्ने गरेका छन् । त्यतिमात्र होइन विषादी छरेको केही समयसम्म तरकारी वा बाली टिप्नु र बजारमा पठाउनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै पनि किसानले बेवास्ता गरेको अध्ययनमा देखिएको थियो । धान, गहुँजस्ता अन्नबालीमा विषादी प्रयोग भए पनि उपभोक्ताकहाँ पुग्ने अवस्थासम्म त्यसको अवशेष न्यून रहेको हुन्छ । तर, तरकारीको हकमा त स्थिति निकै जोखिमपूर्ण रहँदै आएको छ । विज्ञहरुले विषादी मानव शरीरमा प्रवेश गरेपछि कलेजो, मृगौलादेखि लिएर क्यान्सरसम्मको जटिल रोग लाग्न सक्ने जनाएका छन् । विषादीको प्रयोग पूरै निषेध गर्न नसकिए पनि जैविक एवं प्रांगारिक विषादीका विकल्प प्रयोग गर्न सकिए त्यसको नकारात्मक असरबाट केही हदसम्म बच्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48