Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेको पोल्टामा

प्रकाशित मिति : २०८२ बैशाख २० गते

काठमाडौं / नेपालको चर्चित सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रतिभाशाली गायक प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राति राजधानीमा आयोजना गरिएको ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीका प्रतिस्पर्धी पाण्डे विजयी घोषित भएका हुन् ।

कोच मेलिना राईको समूहका खोटाङका रोशन राई फस्ट रनरअप बनेका छन् भने इलामका प्रमेश राई, कोच राजु लामाको समूहबाट, सेकेन्ड रनरअप घोषित भए । सिक्किमकी अर्पणा आचार्य भने कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धा गर्दै थर्ड रनरअप बन्न सफल भइन् ।

- ADVERTISEMENT -

Advertisement

फिनाले कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । विजेताले नगद २० लाख रुपैयाँसहित थप दुई प्रायोजकहरूबाट १र१ लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरे ।

उपाधि जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रशेष पाण्डेले भने, ‘यो जित फरक क्षमता भएका व्यक्तिहरूको जित हो । फरक क्षमता भएका व्यक्तिहरू पनि गायनमा उत्कृष्ट हुन सक्छन् भन्ने कुराको यो प्रमाण हो ।’

कार्यक्रमको फिनालेमा पूर्व विजेता किरण गजमेरले आफ्ना मौलिक गीतहरूसहित कोच मेलिना राईसँग लोकप्रिय गीत ‘छपक्कै फूल फुल्यो बाटोमै’मा सानदार प्रस्तुति दिए । कोच राजु लामाले प्रमेशसँग ‘बादल पारीको देशबाट’ प्रस्तुत गरे भने कोच खेम सेन्चुरीले प्रशेषसँग ‘रम रम मरौटी’ गीतमा सहभागी भए । कोच सोताङ र अर्पणा आचार्यको युगल प्रस्तुति पनि दर्शकदर्शिका लागि स्मरणीय रह्यो । फिनालेअघि बाहिरिएकी प्रतिस्पर्धी इन्द्रकला राईले समेत आफ्नो प्रस्तुति दिएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05