२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चलचित्र ‘गौथली’को प्रचारप्रसार गर्न निर्माण टोली चितवनमा

प्रकाशित मिति : २०८३ असार १९ गते

भरतपुर / आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित नेपाली चलचित्र ‘गौथली’ को निर्माण टिमले आज शुक्रबार चितवनमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । मोफसल प्रचारप्रसार अभियान अन्तर्गत चितवन आइपुगेको चलचित्रको टोलीले पत्रकारहरूसँग साक्षात्कार गर्दै चलचित्रको कथावस्तु, प्राविधिक पक्ष र उद्देश्यबारे प्रकाश पारेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक डा। कपिल रिजालले ‘गौथली’ केवल एउटा सामान्य प्रेमकथा मात्र नभएर नेपाली ग्रामीण समाजको यथार्थ परिवेश, संघर्ष र मौलिकतालाई पर्दामा उतार्ने प्रयास गरिएको बताए । उनले भने, ‘हामीले नेपाली माटोको सुगन्ध आउने गरी सिनेमा तयार पारेका छौँ । चितवनका दर्शकको प्रतिक्रिया हाम्रा लागि सधैँ ऊर्जादायी हुने भएकाले यहाँ आएका हौँ ।’ डा। भोला रिजालको गिती संग्रह गौथलीलाई समाजिक परिवेश मिल्ने गरी चलचित्रमा उतारिएको उनको दाबी थियो ।
चलचित्रका निर्माता सुमन गिरीले चलचित्रले दर्शकको मन छुनेमा ढुक्क रहेको बताए । उनले भने चलचित्र विशुद्ध मौलिक र सामाजिक परिवेशमा भएको कारण चलचित्र सफल हुने उनको विश्वास थियो ।

- ADVERTISEMENT -

Advertisement

चलचित्रका मुख्य नायक अरुण क्षेत्रीले माइल्ड अटिजम भएको व्यक्तिको भूमिका निर्वाह गरेको बताए । उनले भने यस चलचित्र विशेष क्षमता भएको व्यक्तिमा करुणा, स्नेह प्रेम कतिहदसम्मको रहन्छ चलचित्रले स्पस्ट पार्ने बताए ।

नयिका सिमरन खड्काले सानै उमेरमा विहेगरेपछि पढ्ने इच्छा राख्ने नारीले पढ्नलाई गर्ने संघर्षलाई पर्दामा उतारिएको बताइन् । उनले चरित्र निर्माणका लागि निकै मिहिनेत गरेको र यो चलचित्र अहिलेसम्मका् करियरकै उत्कृष्ट काम हुने दाबी गरिन्। साथै चलचित्रमा आफूले निभाएको ‘गौथली’ को पात्रले नेपाली नारीहरूको संघर्ष र आत्मसम्मानलाई प्रतिनिधित्व गर्ने बताइन् । चलचित्र प्रेमकथा, सामाजिक द्वन्द्व र पारिवारिक भावनामा आधारित रहेको उनको भनाइ थियो ।

चलचित्रका निर्माताले ‘गौथली’ को निर्माण पक्षमा कुनै सम्झौता नगरिएको र यसले दर्शकलाई मनोरञ्जनका साथै एउटा बलियो सन्देश दिने विश्वास व्यक्त गरे । कार्यक्रम चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुशील पन्तले सञ्चालन गरेका थिए ।
नेपालका रमणीय पर्यटकीय स्थलहरूमा अत्याधुनिक प्रविधि प्रयोग गरी खिचिएको चलचित्रका गीत र टिजर यसअघि नै लोकप्रिय भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09