२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘पार्वती’ बन्यो ‘टक्सिक’लाई भारी, दर्शकको रुचीले बढ्यो शो

प्रकाशित मिति : २०८३ भाद्र २१ गते

काठमाडौं / दक्षिण भारतीय फिल्म ‘टक्सिक’ले भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि जनै पूर्णिमा (१२ भदौ) का नेपाली फिल्महरूको भागाभाग भएको थियो । तर, उक्त मितिबाट फिल्म ‘पार्वती’ भने टसमस भएन । धेरैले ‘टक्सिक’सँग भिड्न खोज्नु निर्माताको मूर्खतापूर्ण निर्णय समेत भनेका थिए । तर, अहिले बक्स अफिसमा ‘टक्सिक’माथि ‘पार्वती’ भारी पर्न थालेको छ ।

दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया नआउँदा ‘टक्सिक’को व्यापार भारतसँगै नेपालमा लगातार घटिरहेको छ । ‘पार्वती’को व्यापारमा भने सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव देखिन लागेको छ । रसुवा बाढीका कारण केही दिन फिल्मको व्यापार प्रभावित भएको भए पनि मंगलबारदेखि देशभर फिल्मको व्यापार उत्साहजनक रहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

वितरक श्रेष्ठका अनुसार हलमा दर्शकको चाप बढेसँगै फिल्मका शो समेत थपिएका छन् । बिहीबार ९आज० फिल्मको देशव्यापी शो ११० भन्दा बढी रहेको उनले बताए । फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण आगामी दिनमा शो र व्यापार अझ बढ्ने उनको विश्वास छ । बिहीबारसम्मको व्यापारले फिल्म सफल हुने निश्चित देखिएको उनको भनाइ छ ।

फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना, कलाकार अशोक दर्जी र निर्माता हरिहर अधिकारीसहितको टिम भने यतिबेला पश्चिम नेपालको यात्रामा छ । दाङ र नेपालगन्जपछि उनीहरूले धनगडी, कैलाली, कञ्चनपुरलगायतका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । प्रायः हलमा नीता फिल्मकै गेटअपमा पुग्ने गरेकी छन्, जसले दर्शकमा छुट्टै उत्साह थप्ने गरेको छ ।

दिदीभाइको सम्बन्धको कथामा आधारित यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन रहेको छ । –फिल्मीखबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45