Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘पार्वती’ बन्यो ‘टक्सिक’लाई भारी, दर्शकको रुचीले बढ्यो शो

प्रकाशित मिति : २०८३ भाद्र २१ गते

काठमाडौं / दक्षिण भारतीय फिल्म ‘टक्सिक’ले भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि जनै पूर्णिमा (१२ भदौ) का नेपाली फिल्महरूको भागाभाग भएको थियो । तर, उक्त मितिबाट फिल्म ‘पार्वती’ भने टसमस भएन । धेरैले ‘टक्सिक’सँग भिड्न खोज्नु निर्माताको मूर्खतापूर्ण निर्णय समेत भनेका थिए । तर, अहिले बक्स अफिसमा ‘टक्सिक’माथि ‘पार्वती’ भारी पर्न थालेको छ ।

दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया नआउँदा ‘टक्सिक’को व्यापार भारतसँगै नेपालमा लगातार घटिरहेको छ । ‘पार्वती’को व्यापारमा भने सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव देखिन लागेको छ । रसुवा बाढीका कारण केही दिन फिल्मको व्यापार प्रभावित भएको भए पनि मंगलबारदेखि देशभर फिल्मको व्यापार उत्साहजनक रहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

वितरक श्रेष्ठका अनुसार हलमा दर्शकको चाप बढेसँगै फिल्मका शो समेत थपिएका छन् । बिहीबार ९आज० फिल्मको देशव्यापी शो ११० भन्दा बढी रहेको उनले बताए । फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण आगामी दिनमा शो र व्यापार अझ बढ्ने उनको विश्वास छ । बिहीबारसम्मको व्यापारले फिल्म सफल हुने निश्चित देखिएको उनको भनाइ छ ।

फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना, कलाकार अशोक दर्जी र निर्माता हरिहर अधिकारीसहितको टिम भने यतिबेला पश्चिम नेपालको यात्रामा छ । दाङ र नेपालगन्जपछि उनीहरूले धनगडी, कैलाली, कञ्चनपुरलगायतका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । प्रायः हलमा नीता फिल्मकै गेटअपमा पुग्ने गरेकी छन्, जसले दर्शकमा छुट्टै उत्साह थप्ने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

दिदीभाइको सम्बन्धको कथामा आधारित यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन रहेको छ । –फिल्मीखबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42