Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

११ करोड ठगी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते

काठमाडौं / वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने प्रलोभन देखाएर ३८ जना व्यक्तिबाट ११ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते नरेफाँटबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, पराजुली र शर्माले पीडितहरूलाई बेलायतमा रोजगारीको पूर्ण सुनिश्चितता रहेको भन्दै विश्वासमा पारेर ठूलो रकम असुलेका थिए । उनीहरूविरुद्ध ३८ जना पीडितबाट कुल ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी परेको थियो ।

पटक–पटक रकम बुझाउँदा पनि प्रक्रिया अघि नबढेपछि ठगिएको महसुस गरी पीडितहरू प्रहरीसमक्ष पुगेका थिए । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ । विभागले उनीहरूमाथि थप अनुसन्धान गरी वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाउनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43