२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

केआइइसी शैक्षिक परामर्शको शैक्षिक मेला आज

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते

चितवन । विगत दुईदशक देखि परामर्श दिदै आएको शैक्षिक संस्था केआईइसीले नारायणगढको लायन्सचोकमा आज (बिहीबार) शैक्षिक मेला हुँदैछ । 

संस्थाले आफ्नै कार्यालय परिषरमा एकदिने ‘रोडशो’ नामक शैक्षिक मेला गर्न लागेको हो । 

- ADVERTISEMENT -

Advertisement

संस्थाले देशभरका शाखाहरुमा रोड शो गर्ने क्रममा नारायणगढ शाखामा बिहिबार रोड शो गर्न लागेको संस्थाका सञ्चालक अच्युतराज भट्टले जानकारी दिनुभयो ।  

इन्टेकलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्न लागिएको हो । उहांँका अनुसार मेलामा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिमार्फत सिधै परामर्श लिन सक्नेछन । 

मेलामा चितवन लगायत नवलपुर, हेटौंडा लगायतका छिमेकी जिल्लाबाट विद्यार्थी तथा अभिभावकको सहभागिता रहनेछ । मेलामा विद्यार्थीले अध्ययन गर्न जाने देशका भाषा, कलासंस्कृति , ऐन कानुन सम्बन्धी बारेमा जानकारी लिन सक्ने निर्देशक भट्टले जानकारी दिनुभयो । 

मेलामा सहभागी हुने विद्यार्थीका लागि लक्की ड्र मार्फत आइइएलटीएस , टोफल , पीटीई लगायतका भाषा कक्षाहरु निशुल्क हुने निर्देशक भट्टले बताउनुु भयो  । यस्तै लक्की ड्र विजेताले  जंगल सफारी, , जीपसफारी मौलाकालिका केबलकार तथा स्नुक्स बाट फुड भौचर प्राप्त गर्नेछन ।

देशभर ठूला शहरका  १६ वटा शाखा तथा देश बाहिर २ वटा शाखा सञ्चालनमा छन । काठमाडौँको पुतलीसडकमा कर्पोरेट कार्यालय रहेको केआइइसी प्रा.लि.ले जेठ २५ गते आइतबारदेखि देशका ११ वटा शहरमा पालैपालो केआइइसी रोडशो आयोजना गर्दै आएको छ ।  

केआइइसी चितवनका संञ्चालक अच्युतराज भट्टका अनुसार चितवनका लागि  नयाँ व्यवस्थापनका साथ लायन्सचोकबाट तीन साताअघि संस्थाले सेवा सुरु गरेको  हो  । 

अङग्रेजी भाषा बोलिने अमेरिका, अष्ट्रेलिया युके, क्यानडा, जर्मनी लगायतका देशहरुमा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भाषा कक्षा लगायतका सेवा दिँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -