Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विपद् जोखिमको व्यवस्थापनमा जुटौँ

प्रकाशित मिति : २०८२ श्रावण २८ गते
file photo.

साउनको अन्तिम सातासम्म आइपुग्दा देशभर बाढीपहिरो र नदी कटानका कारण ठूलो जनधनको क्षति भएको छ । मनसुन कहिले सक्रिय हुने र कहिले खडेरी पर्ने अवस्थाका बीच पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ भने नदीखोलाहरु बढेका छन् । देशका विभिन्न स्थानमा वर्षात्का कारण विभिन्न समस्या उत्पन्न भइरहेका छन् । वर्षात्का कारण बाढीपहिरोका कारण दजैनौँ मानिसले ज्यान गुमाएका छन् । अझै कैयौँ बेपत्ता छन् । पानी नभई पनि नहुने र ज्यादा परे पनि समस्या सिर्जना हुने हाम्रो देशको भौगोलिक अवस्था छ । हिमाल र पहाडका बासिन्दाले पहिरोको समस्या खेप्नुपर्ने, तराई मधेशका बासिन्दाले बाढी, डुबान र नदीकटानको समस्या झेल्नुपर्ने परिस्थिति अद्यापि छ । अधिकांश सडक पहाड फोडेर र नदीकिनारमा रहेका कारण केही घन्टा झरी पर्नासाथ पहिरो खसेर सडक अवरुद्ध हुने क्रम बढिरहेको छ ।

यतिबेला देशका विभिन्न स्थानमा वर्षाजन्य विपद्का कारण समस्या देखिने गरेको छ । नारायणगढ—मुग्लिन सडकखण्ड एक दृष्टान्त हो जहाँ सुख्खा पहिरो खस्दासमेत सडक अवरुद्ध भइरहने गर्दछ । यस्तै, नारायणगढ—बुटवल सडकखण्ड पछिल्लो समय सयौँपटक सडक अवरुद्ध हुँदा हजारौँ मानिसले सास्ती खेप्नुपरिरहेको छ । अन्य सडकको अवस्था पनि उस्तै छ । सडक अवरुद्ध हुँदा विशेष गरी बिरामी, अपाङ्गता, वृद्धवृद्धा, बालबालिका र महिलाहरु बढी प्रभावित हुने गर्छन् । हरेक वर्ष वर्षायाममा बाढीपहिरो र विनाश नियमित आकस्मिकता नै बन्दै आएको छ । यसवर्ष विभिन्न जिल्लामा बाढीपहिरो र डुबानका घटना सार्वजनिक भैरहेका छन् । विपद्को त्रास कत्ति पनि घटेको छैन, बरु बढ्दै गएको छ । विपद्मा परेर जनधनको क्षति हुनेक्रम पनि बढ्दो छ । सरकार र सम्बन्धित निकाय विपद् आउँदा सक्रियता देखाउँछन् अनि विपद् सकिएसँगै सेलाउँछन् । फेरि अर्को वर्ष उही नियति दोहोरिने गर्छ । सरकारले दीर्घकालीन समाधानको नीति नअपनाएका कारण बर्सेनि विपद्जन्य घटनाका कारण चार सय मानिस ज्यान गुमाउन विवश छन् ।

- ADVERTISEMENT -

Advertisement

सरकारले विपद्को समयमा बाढीपहिरो र डुबानको समस्या र पीडितहरूको उद्धार तथा राहतको विषयमा गम्भीर भएर लाग्न मातहतका निकायलाई निर्देशन दिएको छ । संसद्मा पनि प्राकृतिक विपत्तिबारे संसद्हरुले आवाज उठाइरहेका छन् । यद्यपि विपत्ति कुनै संकेत दिएर नआउने भएकाले जुनसुकै बेला सतर्कता अपनाउनु पर्ने देखिन्छ । हरेक वर्ष बाढीपहिरो र डुबानका कारण हजारौँ मानिस विस्थापित बन्नु परेको छ । नदीछेउका बस्तीहरुलाई समयमै स्थानान्तरण नगरिँदा जोखिम बढेर गएको हो । विपत्तिको समयमा बालबालिका, बूढापाका, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरु बढी जोखिममा पर्छन् । राहत सामग्री तथा सहायता लिन पनि यस्ता व्यक्ति छुट्न सक्ने भएकाले आकस्मिक सहायता वितरणमा समन्वय हुनुपर्ने देखिएको छ । गृहमन्त्रालयले आकस्मिक आइपर्ने विपद्को प्रतिकार्य र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्थानीय सरकारले पनि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रतिकार्य टिमलाई तयारी अवस्थामा राख्नुपर्छ । विपत्ति जतिबेला पनि आउनसक्ने भएकाले हरेक निकायबाट विपद् जोखिमको व्यवस्थापन हुनु जरूरी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22