२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

विद्युत प्राधिकरणको मुनाफामा गिरावट

आर्थिक वर्षमा घट्यो १ अर्ब ४६ करोड
प्रकाशित मिति : २०८२ भाद्र १ गते

काठमाडौं / लगातार नाफाको उकालो यात्रामा रहेको नेपाल विद्युत प्राधिकरणको मुनाफामा गत आर्थिक वर्षमा गिरावट आएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ७ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब ४६ करोड रुपैयाँले कम हो ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा १० अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कुनै समय ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आर्थिक वर्ष २०७२र७३ यता निरन्तर नाफामा थियो, तर गत वर्षको यो गिरावटले नाफाको निरन्तर वृद्धिमा भने ‘ब्रेक’ लागेको छ । प्राधिकरणको करअघिको नाफामा ३७।३२ प्रतिशतले कमी आएको विवरणमा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

नाफामा गिरावट आए पनि प्राधिकरणको समग्र वित्तीय स्वास्थ्य भने मजबुत देखिएको छ । संस्थाको कुल सम्पत्ति अघिल्लो वर्षको तुलनामा ६।२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जसले संस्थाको लगानी र दायरा विस्तार भइरहेको देखाउँछ ।

यसैगरी, प्राधिकरणले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै अनलाइन भुक्तानी संकलनमा उल्लेख्य प्रगति गरेको छ । अघिल्लो वर्ष २७ अर्ब ४४ करोड रुपैयाँ अनलाइनमार्फत संकलन भएकोमा गत आवमा यो बढेर ३४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

प्राधिकरणले सामाजिक उत्तरदायित्वतर्फ पनि महत्त्वपूर्ण काम गरेको छ । गत आर्थिक वर्षमा ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार ग्राहकलाई १७ करोड ६७ लाख युनिटभन्दा बढी विद्युत निःशुल्क उपलब्ध गराइएको छ । प्राधिकरणको औसत विद्युत बिक्री दर प्रतियुनिट ९।४४ रुपैयाँ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37