२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज चितवनका संस्थागत विद्यालय बन्द, महानगरद्वारा दुई दिन बन्द गर्न निर्देशन

वार्ताबाट समस्याको समाधान खोज्न प्याब्सनको आग्रह
प्रकाशित मिति : २०८२ भाद्र २४ गते

भरतपुर । चितवनका संस्थागत विद्यालयहरू आज (मंगलबार) बन्द गरिएको छ । मंगलबार निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र संस्थागत विद्यालय अभिभावक संघ, चितवनले संयुक्त अपिल जारी गर्दै विद्यालय बन्द रहने घोषणा गरेको हो ।

प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र संस्थागत विद्यालय अभिभावक संघ, चितवनका अध्यक्ष सूर्यकान्त न्यौपानेद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ– ‘भदौ २३ गते काठमाडौँलगायत विभिन्न सहरहरूमा भएका प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा विद्यार्थी तथा सर्वसाधारणको निधन भएकोप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवङ्गत विद्यार्थी तथा सर्वसाधारणप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

- ADVERTISEMENT -

Advertisement

जारी गरिएको अपिलमा आफ्ना बाबुनानीहरूलाई घरमै सुरक्षित र संयमित राख्न अभिभावकसँग अनुरोध गरिएको छ भने घाइतेहरूको उपचारमा कुनै कमि हुन नदिन र वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान निकाल्न आग्रह गरिएको छ ।

महानगरले भन्यो– ‘विद्यालय दुई दिन बन्द’ ः
यसैबीच, भरतपुर महानरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै यस विषम परिस्थितिमा भरतपुर महानगरभित्रका सामुदायिक, संस्थागत र मन्टेस्वरीलगायतका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सूचनामा ‘पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत, मन्टेस्वरीलगायतका सम्पूर्ण शिक्षण संस्था भदौ २४ र २५ गते दुई दिन बिदा हुने व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91