Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एनपिएलको गौरवपूर्ण दोस्रो शृङ्खला

प्रकाशित मिति : २०८२ मंसिर ४ गते

सोमबारदेखि सुरूआत भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणले विश्वका क्रिकेटप्रेमीहरुको ध्यान तानेको छ । फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौँ लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरूआत भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको सो प्रतियोगिताको उद्घाटन खेलका सबै टिकट तत्कालै बिक्री हुनुले पनि एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतीक्षाको सङ्केत मान्न सकिन्छ । प्रादेशिक प्रतिनिधित्वसहितको एनपिएलमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय खेलाडी पनि सहभागी हुनु यसको थप आकर्षक पक्ष हो । एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठवटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक एनपिएल क्रिकेटका प्रमुख खेलाडीहरुमा जनकपुर बोल्डसका आशिफ शेख, सुदूरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राइनोजका कुशल मल्ल, बिराटनगर किङ्सका सन्दीप लामिछाने, लुम्बिनी लायन्सका रोहित पौडेल र कर्णाली याक्सका सोमपाल कामी रहेका छन् । प्रमुख खेलाडीहरुलाई जनही २० लाख रूपैयाँको दरले पारिश्रमिक प्रदान गरिँदैछ । टिममा परेका अन्य खेलाडीहरुलाई एक लाखदेखि १५ लाखसम्म पारिश्रमिक प्रदान गरिने छ । भारतमा हुने आइपिएलजस्ता प्रतियोगिताबाट मनोरञ्जन लिँदै आएका नेपालका खेल दर्शकहरुले गत वर्षदेखि घरेलु मैदानमै मनोरञ्जन लिँदै आएका छन् । गत वर्षबाट सुुरु भएको एनपिएललाई निरन्तरता दिनु र अझै भव्य बनाउने तयारी थाल्नु नेपालका लागि गौरवपूर्ण क्षण हो ।

- ADVERTISEMENT -

Advertisement

क्यानले पहिलो वर्ष नै १० वर्षका लागि फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेकाले यसलाई निरन्तरता दिन थप सहज भएको छ । स्थापित अन्तर्राष्ट्रिय स्पोट्र्स च्यानलहरुबाट समेत प्रत्यक्ष प्रसारण हुने यो प्रतियोगिता क्रिकेट क्षेत्रको विकासमा लागि मात्र होइन, नेपाली खेल क्षेत्रकै एक गौरवपूर्ण प्रतियोगिता मानिएको छ । एनपिएल क्रिकेटको नयाँ सिजनका लागि विश्वका विभिन्न १३ मुलुकका प्रसिद्ध क्रिकेट खेलाडी तथा नेपाली खेलाडीहरु एकै टिममा आबद्ध भई यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सहभागी आठवटै टिमले टेष्ट म्याच खेल्ने तथा एसोसिएट राष्ट्रका खेलाडी आआफ्नो टिममा भित्र्याउन ठूलो लगानी गरेका छन् । एनपिएल क्रिकेटमा भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका खेलाडीहरु विभिन्न नेपाली टिममा आबद्ध भएका छन् । आयोजक क्यानले दोस्रो संस्करणको एनपिएलबाट ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । एनपिएल प्रतियोगिताको विजेता टिमले गत वर्षजस्तै एक करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख तथा चौथो हुने टिमले १५ लाख रकम पुरस्कार पाउने छन् । विभिन्न विधाका खेलाडीलाई नगद तथा मोटरसाइकल लगायतका पुरस्कार प्रदान गरिने भएको छ । एनपिएल क्रिकेट प्रतियोगिताले नेपालको छवि उँचो बनाउँदै विश्वलाई नेपाल विगतको सामान्य अवस्थामै फर्किएको सन्देश दिन सफल हुने विश्वास लिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05