Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हटाऔँ कुप्रथा र कुरीतिहरु

प्रकाशित मिति : २०८२ पुष ९ गते

नेपाली समाजमा सदिऔँदेखि जरा गाडेर बसेका रुढीग्रस्त आस्था र परम्परा अझै कायमै छन् । जसमध्ये एक हो– छाउगोठ । पछिल्लो समय छाउगोठका विरुद्ध सरकारी तथा गैरसरकारी संस्था, सामाजिक अगुवा, महिला अधिकारकर्मीलगायतले अभियानकै रुपमा काम गरिरहेका छन् । तर, महिनावारी (रजस्वला) हुँदा मूल घर छोडेर गोठमा बस्नुपर्ने नियतिको भने अन्त्य भइसकेको छैन । सरकारले छाउपडीजस्तो सामाजिक विभेदविरुद्ध सम्बन्धित जिल्ला प्रशासनमार्फत छाउगोठ भत्काउन निर्देशन दिएपश्चात् स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी नै छ । विशेषगरी, सुदूरपश्चिमको दार्चुला र बैतडी बाहेकका जिल्ला अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली र कञ्चनपुरमा अझैसम्म छाउपडी गोठ छन् । यस्तै, कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान र जाजरकोटमा छाउपडी प्रथाले जरो गाडेको छ । बझाङमा छाउगोठमा बसेका महिलालाई सर्पले टोकेका घटना बढी छन् । बझाङमा छाउगोठ भत्किए पनि कुरीति भने कायमै छ । महिनावारी हुँदा बस्न बनाइएका गोठ÷छाप्राहरु भत्काइए पनि मानिसले आस्थापूर्वक मान्दै आएका कुप्रथाहरु भत्किन सकेका छैनन् ।

महिलाहरु छाउगोठमा बस्दा बलात्कृत हुनुपरेका दृष्टान्त पनि छन् । सर्पको टोकाइबाट ज्यान जाने, जीव, जनावरबाट पनि जोखिममा पर्ने र गोठमा निस्सासिएर मृत्यु भएका घटना पनि थुप्रै छन् । अहिले छाउगोठ भत्किएका ठाउँमा महिलाहरु खुला चौरमा रात बिताउन बाध्य भइरहेको खबर सार्वजनिक भएका छन् । चिसो मौसममा खुला चौर, पराल वा स्याउलाका भरमा रात कटाउनुलाई धर्म, परम्परा र आस्थासँग जोडेर हेर्ने प्रवृत्तिले कुरीतिका गोठहरु भत्किन सकेका छैनन् । हाम्रो समाजमा छाउपडीमात्र होइन, प्रथाका नाममा अमानवीय व्यवहारका घटनाहरुको पुनरावृत्ति हुँदै आएको छ । गरिबी र अशिक्षाको कारण पछाडि परेको समाजमा बोक्का–बोक्सीको नाममा प्रताडना दिने कार्य भइरहेका हुन्छन् । विशेषगरी, विपन्न, गरिब, असहाय र निर्धो व्यक्तिलाई बोक्सी करार गरेर समाजमा कथित उपल्लो वर्गले अमानवीय कृत्य गरिरहेका पाइन्छन् । यस्ता घटना अशिक्षित समाजमा बढी हुने भएकाले समाजलाई शिक्षित र सम्पन्न बनाउनु नै राज्यको पहिलो दायित्व हुन आउँछ । कुरीति र अन्धविश्वासले गाँजेको समाजमा दाइजो प्रथा अर्को समस्या हो । दाइजोका कारण महिलाहरुले विभिन्न प्रताडना, ज्यादती र दुव्र्यवहार भोग्नुपरेका, जिउँदै जल्नुपरेका, पासविकरुपमा हत्या गर्नेसम्मका कुकृत्य विद्यमान छन् ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय चेतनाको स्तर बढेसँगै कतिपय पहाडी गाउँमा छाउगोठ बाध्यकारी छैन । तर, मनमा छाउगोठ रहिरहँदा गोठ भत्किए पनि महिलाहरु खुला चौरमा बस्नु भनेको छाउ नबार्दा वा मूल घरमै बस्दा देउता रिसाउँछन् भन्ने भयका कारणले हो । मानिसलाई मनोवैज्ञानिकरुपमा त्रास देखाउने धामी, झाँक्री या पूजारीलाई यस्तो कुरीतिविरुद्ध प्रशिक्षित गर्नुपर्छ । अगुवाले जे बाटो देखायो पछिल्लो पुस्ताले त्यसकै सिको गर्ने हुन् । त्यसैले छाउप्रथालाई पुस्तान्तरण हुन नदिन शिक्षित महिलाहरुले यस्तो परम्पराको क्रमभङ्ग गर्नुपर्छ । गलत बुझाइ र चेतनाको कमीका कारण एक्काइसौँ शताव्दीमा आइपुग्दा पनि हामी पछाडि परिरहेका छौँ भन्ने तथ्य आत्मसात् नगरेसम्म मनका छाउगोठ कायमै रहने छन् । अब पनि कुनै पनि प्रकारको सामाजिक विभेद, छुवाछूत कायम रहनु भनेको आधुनिक समाजको सूचक होइन । शिक्षा र चेतनाको विकासबाटै आधुनिक समाजको कल्पना गर्न सकिन्छ । कुप्रथाको निरन्तरताले पश्चगामी भइन्छ । हामी विश्वसमुदायको तुलनामा पछाडि रहनुको कारण परम्पराको रुपमा अपनाइने कुप्रथा नै कारक हो । संसारमा दुई मात्र जात छन्, महिला र पुरुष । दुई मात्रै वर्ग छन् शिक्षित र अशिक्षित । त्यसैले शिक्षित र आधुनिक बन्नु छ भने समयअनुसार कुप्रथा र कुरीतिहरु परिवर्तन गर्दै लैजानु जरूरी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67