चितवन / भरतपुर–२, क्षेत्रपुरमा अवस्थित सिध्दि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले शेयर सदस्य लक्षित सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सिध्दि विनायक साकोसले भरतपुर महानगरपालिका वडा नं १, आँपटारीमा आइतबार आयोजित वनभोजमा सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
- ADVERTISEMENT -

कार्यक्रममा संस्थाका अध्यक्ष थिरप्रसाद धितालले शेयर सदस्यहरूलाई संस्थागत गतिविधि तथा सेवा सुविधाहरुबारे जानकारी गराएका थिए । कार्यक्रमका सभापति समेत रहेका धितालले भोलिको भविष्य सुनिश्चित गर्न आजैदेखि बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।
‘सहकारीको अभियान नै सदस्यहरुलाई नियमित बचत गर्ने बानीको अभ्यास हो, उनले भने, ‘महिलाहरुलाई उद्यमशिलताको विकास तथा सदस्यहरुका लागि आर्थिक रुपमा समृद्ध बनाउने सहकारीको अभियान हो ।’
कार्यक्रममा शेयर सदस्य मात्र नभएर समुदायस्तरका व्यक्तित्वहरुका लागि पनि संस्थाले विभिन्न सम्मान, गरिब तथा विपन्नलाई भोजन र निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको उनले भने ।
हामीले गर्ने सत्कर्म नै हाम्रो भोलिको पहिचान भएको बताउँदै सहकारीको सचेतना तथा अभियानमा सबैलाई एकजुट हुन उनले आग्रह गरे ।
संस्थाका कोषाध्यक्ष रामप्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सचिव जयराम पाण्डेले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सहसचिव संगीता गौतम, लेखा समिति संयोजक विनोद पौडेल, व्यवस्थापक विकास पौडेल, सदस्यहरु इन्दिरा लामिछाने, शम्भु अधिकारी, कृष्णप्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले यसअघि (बिहीबार) उपसमिति सदस्यहरु लक्षित गरी सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।















































