२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सरकारको निर्देशिका विरुद्धमा शैक्षिक परामर्श व्यवसायी

१ करोडसम्म नगद धरौटी राख्नुपर्ने प्रस्ताव
प्रकाशित मिति : २०८२ माघ २ गते

काठमाडौं / सरकारले वैदेशिक अध्ययनका लागि परामर्श दिने संस्थाहरूलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित नयाँ ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका’ ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको निर्देशिकाको मस्यौदाअनुसार परामर्श संस्थाहरूले आफ्नो कार्यक्षेत्र र आकारअनुसार २० लाखदेखि १ करोड रुपैयाँसम्म नगद धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको छ । साना तथा स्थानीय तहमा सीमित संस्थाका लागि न्यूनतम २० लाख रुपैयाँ, जबकि ठूलो आकारका तथा एकभन्दा बढी प्रदेशमा शाखा सञ्चालन गर्ने संस्थाका लागि १ करोड रुपैयाँ धरौटी अनिवार्य गरिने व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

निर्देशिकामा अनिवार्य नवीकरण र कडा अनुगमन व्यवस्था समेत प्रस्ताव गरिएको छ । तोकिएको मापदण्ड पूरा नगर्ने वा समयमै नवीकरण नगर्ने संस्थाको इजाजतपत्र स्वतः खारेज हुने प्रावधान राखिएको छ । साथै, कार्यालयको न्यूनतम क्षेत्रफल, परामर्शदाताको योग्यता तथा विद्यार्थीका लागि आवश्यक आधारभूत सुविधा सुनिश्चित गर्न कडा मापदण्ड तोकिएको छ ।

शाखा विस्तारमा पनि कडाइ गरिनेछ । अब एउटै इजाजतपत्रका आधारमा असीमित क्षेत्र ओगट्न नपाइने र थप शाखा खोल्न अतिरिक्त धरौटी तथा छुट्टै अनुमति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो समय बिना इजाजत परामर्श दिने, विद्यार्थीलाई विदेश पठाएर अलपत्र पार्ने र ठगी गर्ने उजुरी बढेपछि संस्थाहरूलाई वित्तीय रूपमा उत्तरदायी बनाउन धरौटीको व्यवस्था आवश्यक देखिएको हो ।

तर प्रस्तावित निर्देशिकाको यो प्रावधानप्रति परामर्श व्यवसायीहरू असन्तुष्ट देखिएका छन् । नगद धरौटीले व्यवसायीको पुँजी ‘फ्रिज’ हुने, बजारमा तरलता अभाव सिर्जना हुने र साना तथा नयाँ स्टार्टअपहरू बन्द हुने जोखिम बढ्ने उनीहरूको तर्क छ । यसले अन्ततः ठूला संस्थाहरूको एकाधिकार बलियो बनाउने उनीहरूको बुझाई छ ।

व्यवसायीहरूले विश्वका विकसित मुलुकहरूमा ‘प्रोफेसनल इन्डेम्निटी इन्स्योरेन्स’को अभ्यास रहे पनि नगद धरौटीको व्यवस्था प्रचलनमा नरहेको दाबी गरेका छन् ।

मन्त्रालयले निर्देशिका छिट्टै मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको बताइरहँदा, व्यवसायीहरूले भने निर्देशिका जस्तोसुकै आए पनि देशव्यापी रूपमा सेवा ठप्प पार्ने र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45