Opens in a new tab
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026
२०८३ कार्तिक २४, सोमबार
November 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निर्वाचन आचारसंहिता पालना गरौँ

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते

निर्वाचन लोकतन्त्रको मेरुदण्ड मानिन्छ । यसलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालन गर्नु सबै दल, उमेदवार र नागरिकको साझा जिम्मेवारी हुन आउँछ । आचारसंहिता राज्यको कानुनी दस्तावेज मात्र नभई लोकतन्त्रको नैतिक आधार पनि हो । निर्वाचन आयोगले फागुन १८ गतेसम्म राजनीतिक दलहरुलाई चुनावी सभा गर्न अनुमति प्रदान गरेको छ । यस अवधिमा दल तथा उमेदवारले जुलुस, कोणसभा वा आमसभा गर्न सक्नेछन् । तर, प्रचारप्रसार सभ्य र अनुशासित ढङ्गले गर्नुपर्ने स्पष्ट निर्देशन रहेको छ । स्थानीय प्रशासनलाई कम्तीमा २४ घन्टाअगावै जानकारी दिनुपर्ने प्रावधानले सुरक्षा र व्यवस्थापनलाई सहज बनाउँछ । यसले प्रतिस्पर्धी दलबीचको सम्भावित द्वन्द्वलाई रोक्ने काम गर्ने विश्वास गर्न सकिन्छ ।

आचारसंहिताले स्पष्टरूपमा केही गतिविधि निषेध गरेको छः कसैको घरवरिपरि विरोध प्रदर्शन नगर्ने, मतदान केन्द्रवरिपरि साउण्ड सिस्टम प्रयोग नगर्ने, बालबालिकालाई प्रचारप्रसारमा नलगाउने, नगद वा जिन्सी सामग्री वितरण नगर्ने, निजी वा सार्वजनिक स्थानमा अनुमतिबिना झण्डा वा चुनाव चिह्न टाँस्न नहुने । यी प्रतिबन्धहरू लोकतान्त्रिक संस्कृतिलाई शुद्ध राख्ने उपाय हुन् । आर्थिक प्रलोभन, बालबालिकाको दुरुपयोग वा सार्वजनिक स्थानको अतिक्रमणले निर्वाचनको नैतिकतालाई नै कमजोर पार्छ । आचारसंहिताले सबै दललाई समान अवसर दिन खोजेको देखिन्छ । एउटै स्थान वा मार्गमा एकै समयमा दुई वा बढी दलले सभा गर्न नपाउने व्यवस्थाले प्रतिस्पर्धालाई स्वस्थ बनाउँछ । डिजिटल बोर्ड, फ्लेक्स वा भित्ते लेखन निषेधजस्ता प्रचारप्रसारका सामग्रीमा सीमा लगाइएको छ । यसले खर्चिलो प्रचारलाई रोक्छ र पैसा खर्च गर्ने उमेदवारलाई मात्र फाइदा हुने असमानता न्यूनीकरण गर्छ ।

आचारसंहिताले ज्येष्ठ नागरिक, महिला, लैङ्गिक अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिको सम्मानमा आँच आउने प्रचारलाई निषेध गरेको छ । यसले निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा नभई सामाजिक मूल्य र मानवअधिकारको संरक्षणसँग जोड्न मद्दत गर्छ । लोकतन्त्र तब मात्र बलियो हुन्छ जब कमजोर वा अल्पसंख्यक समुदायको सम्मान सुरक्षित हुन्छ । निर्वाचन आचारसंहिता पालन गर्नु दल र उमेदवारको कानुनी दायित्व मात्र होइन, नागरिकको नैतिक जिम्मेवारी पनि हो । आचारसंहिता उल्लङ्घन गर्दा तत्कालीन लाभ देखिए पनि त्यसले दीर्घकालीनरूपमा लोकतन्त्रलाई कमजोर तुल्याउँछ । निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्मा भएकाले त्यसलाई जोगाउने उपाय आचारसंहिता पालना हो । त्यसैले दल, उमेदवार र नागरिक सबैले आचारसंहितालाई नियम होइन, लोकतान्त्रिक संस्कृतिको मार्गदर्शक मान्दै पालन गर्नुपर्छ । निर्वाचनलाई उत्सव बनाउन अनुशासन, सम्मान र निष्पक्षता अनिवार्य शर्त हुन् । लोकतन्त्रको उज्यालो भविष्य सुनिश्चित गर्न सबैले आचारसंहिता पालना गर्नु जरूरी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05