२०८३ असार २१, आईतवार
July 5, 2026
२०८३ असार २१, आईतवार
July 5, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि विनायकको समीक्षा तथा नीति–बजेट तर्जुमा गोष्ठी

प्रकाशित मिति : २०८३ असार २१ गते

चितवन / भरतपुर–२, क्षेत्रपुर स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि., भरतपुर–२ ले आर्थिक वर्ष २०८२–०८३ को समीक्षा तथा आर्थिक वर्ष २०८३–०८४ को नीति तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

शनिबार भरतपुरमा आयोजित गोष्ठी संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष शालिकराम घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -

Advertisement

गोष्ठीमा आर्थिक वर्ष २०८२–०८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम, वित्तीय अवस्था, उपलब्धि तथा चुनौतीहरूको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षका लागि संस्थाको नीति, कार्यक्रम तथा बजेटका प्राथमिकताबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति तथा व्यवस्थापन समूहका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थिरप्रसाद धितालले सहकारीको दिगो विकासका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवामा जोड दिनुपर्ने बताए । समीक्षा गोष्ठीले विगतका अनुभवबाट सिक्दै आगामी योजनालाई अझ प्रभावकारी, व्यावहारिक र उपलब्धिमूलक बनाउन महत्वपूर्ण आधार तयार गरेको उनको भनाइ थियो । उनले सबै पक्षको सक्रिय सहभागिता र साझा प्रतिबद्धताले संस्थालाई थप सुदृढ र विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष शालिकराम घिमिरेले सहकारीको सफलताको आधार सदस्यहरूको विश्वास, पारदर्शिता र इमानदार नेतृत्व रहेको उल्लेख गरे । सहकारीले समयअनुसार आफ्ना सेवा र कार्यक्रमलाई परिमार्जन गर्दै सदस्यको आवश्यकता र अपेक्षाअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिए । संस्थाको स्थापना कालदेखि आत्मसात् गरिएका मूल्य, मान्यता र सिद्धान्तलाई कायम राख्दै आगामी दिनमा अझ जिम्मेवार र परिणाममुखी ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

गोष्ठीमा सहभागीहरूले प्रस्तुत गरेका सुझाव तथा छलफलबाट प्राप्त निष्कर्षका आधारमा आर्थिक वर्ष २०८३–०८४ को नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रूप दिइने संस्थाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
173.96
174.65
UK Pound Sterling
1
202.99
203.79
Swiss Franc
1
189.30
190.05
Australian Dollar
1
105.50
105.92
Canadian Dollar
1
107.18
107.61
Singapore Dollar
1
117.79
118.26
Japanese Yen
10
9.44
9.47
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.71
41.88
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.35
37.49
South Korean Won
100
9.93
9.97
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.28
23.37
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.80
495.75
Bahrain Dinar
1
403.30
404.89
Omani Rial
1
394.91
396.47