२०८३ श्रावण २०, बुधबार
August 5, 2026
२०८३ श्रावण २०, बुधबार
August 5, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहद्वारा सरकारलाई असहयोग, विपक्षीको सहयोग खोज्दै मन्त्री रावल

प्रकाशित मिति : २०८३ श्रावण १९ गते

काठमाडौँ / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले केही स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्वासीको व्यवस्थापनमा ढिलाइ भइरहेको भन्दै विपक्षी दलहरूको सहयोग खोजेकी छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमिहीन सुकुम्वासीको व्यवस्थापनका लागि सहयोग गर्न विपक्षी दलहरूलाई आग्रह गरेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले काठमाडौँ उपत्यकाका ३ सय ८८ सुकुम्वासी परिवारको लगत संकलन गरी होल्डिङ सेन्टरमा राखिएको राखिएको जानकारी दिइन् । तीमध्ये ५८ परिवारको निवेदन सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको भएपनि चार वटा पालिकाले मात्र सूचना प्रकाशन गरेको मन्त्री रावलले बताइन् ।

उनले होल्डिङ सेन्टरमा रहेकामध्ये ५१ परिवारको जग्गा भेटिएकाले निवेदन अस्वीकृत गरिएको तथा अन्य ५१ परिवारको विवरण पहिले नै आयोगमा दर्ता भएकाले सूचना प्रकाशनको तयारी गरिएको जानकारी दिइन् । उनले विपक्षी दलसमेत भूमिहीन सुकुम्वासीलाई शीघ्र लालपुर्जा उपलब्ध गराउने पक्षमा रहेको उल्लेख गर्दै प्रतिनिधि सभामा छलफल भएको सार्वजनिक महत्वको प्रस्तावको प्रतिलिपि सबै स्थानीय तहमा पठाउन प्रस्ताव गरिन् ।

- ADVERTISEMENT -

Advertisement

उनले भनिन् ‘३ सय ८८ सुकुम्वासी परिवारको लगत संकलन गरेर होल्डिङ सेन्टरमा लगिएको थियो । त्यसमध्ये ५८ जनाको निवेदन फारम भरेर सम्बन्धित जिल्ला, पालिकामा पठाइएको छ । ५१ परिवारको जग्गा भेटिएकोले उहाँहरूको निवेदन अस्वीकृत भएको छ । अन्य ५१ जनाको पहिले नै आयोगमा विवरण दर्ता भएको हुनाले भोलि सूचना प्रकाशित हुँदैछ । जिल्लामा पठाइएकोमध्ये स्थानीय तहले सूचना निकाल्नुपर्ने थियो । तर चार वटा स्थानीय तहबाहेक कुनैपनि पालिकाले सूचना नै निकालिदिनु भएन । आज म सदनबाट के निवेदन गर्न चाहन्छु भने विपक्षी दलहरू पनि यो विषयमा यति धेरै चिन्तित हुनुहुन्छ । भूमिहीन सुकुम्वासीलाई यथाशीघ्र लालपुर्जा दिनुपर्छ भन्ने उहाँहरूको पनि मान्यता हो । आज यहाँ छलफल भएको सार्वजनिक महत्वको प्रशतावको कपी सबै स्थानीय तहलाई पठाइदिम । त्यसले विपक्षी दलहरूले अपनत्व पनि देखाउँछ ।’

उनले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि प्रदेश र स्थानीय तहमार्फत सहयोग गर्न समेत सबै विपक्षी दलहरूलाई आग्रह गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.25
152.85
European Euro
1
175.44
176.13
UK Pound Sterling
1
204.77
205.58
Swiss Franc
1
188.25
189.00
Australian Dollar
1
106.64
107.06
Canadian Dollar
1
108.42
108.85
Singapore Dollar
1
118.70
119.17
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.55
22.63
Saudi Arabian Riyal
1
40.54
40.70
Qatari Riyal
1
41.76
41.93
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.17
37.32
South Korean Won
100
10.65
10.70
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.47
23.56
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
494.80
496.75
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.44
397.00