Opens in a new tab
२०८३ आश्विन ११, आईतवार
September 27, 2026
२०८३ आश्विन ११, आईतवार
September 27, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुस्तावासीमा बाढी, डुबानमा थारु टोल

प्रकाशित मिति : २०८३ आश्विन १० गते
File photo.

नवलपरासी / निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन् । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले भने, “सुस्ताको थारु टोलमा केही घरमा बाढी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको हो । केही आफन्तको घरमा गएर बसेका छन् । भने केही सुस्तामा रहेको सुरक्षित आश्रय स्थल (सामुदायिक भवन)मा बसेका छन् ।”

- ADVERTISEMENT -

Advertisement

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार थारु टोलमा रहेको ७८ घरपरिवारलाई सुस्ताको आश्रयस्थल र आफन्तका घरमा सारिएको छ । नारायणी नदीको बाढी थारु टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धारका लागि खटिएका सुरक्षाकर्मी सहयोगमा सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो ।

सुस्ता कै स्थानीय मुन्सीकुमार हरिजनका अनुसार लगातारको वर्षाले सुस्ताको थारु टोलमा रहेको केही घर डुबानमा परेको छ । नारायणी नदीको बाढी सिधै सुस्ताको थारु टोलमा प्रवेश गरी घर, खेतबारी तथा बाटो डुबान गराएको बताउनुभएको छ ।

उनले भने, “मैलै लगाएको १० कठ्ठामा उखु खेती पनि नारायणीको बाढीले बटान गरी बगाएको छ । म जस्तै दर्जनौँभन्दा बढी किसानको धान र उखुलगायतको बाली कटान गरी बगाएको छ ।”

सुस्तास्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
202.64
203.43
Swiss Franc
1
184.46
185.18
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
108.18
108.60
Singapore Dollar
1
119.73
120.20
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.75
40.91
Qatari Riyal
1
42.00
42.16
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.56
37.70
South Korean Won
100
11.29
11.33
Swedish Kroner
1
15.44
15.51
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
497.27
499.22
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.42
398.98