Opens in a new tab
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026
२०८३ कार्तिक २९, शनिबार
November 14, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस १५औँ महाधिवेशनको उम्मेदवारको प्रथम नामावली सार्वजनिक

प्रकाशित मिति : २०८३ आश्विन २१ गते

काठमाडौँ / नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो ।

सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५, कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । त्यसअनुसार निर्वाचित हुने पदाधिकारी सङ्ख्या १९ जनाको हुनेछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । पार्टी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र पूर्वक्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको छ ।

यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापति (दुई पदका लागि) गोविन्द भट्टराई, डा चन्द्रकान्त भण्डारी, प्रा डा चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेको उम्मेदवारी परेको छ ।

- ADVERTISEMENT -

Advertisement

महिला उपसभापति (एक पदका लागि) पुष्पा भुसाल, समावेशी उपाध्यक्ष (एक पदका लागि) जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, खुला महामन्त्री (दुई पदका लागि) अमरसिंह पुन, उदयशम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ भने महिला महामन्त्रीमा डा डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय ९डिना० र रीता खनालको उम्मेदवारी परेको छ ।

यस्तै, १४ सहमहामन्त्री पदमा सहमहामन्त्री महिलातर्फ (एक पदका लागि) नानु बाँस्तोला र प्रतिमा गौतम, सहमहामन्त्री खुला (दुई पदका लागि) अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्र कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गानाले उम्मेवारी दिएका छन् ।

त्यसैगरी, सहमहामन्त्री आदिवासी जनजाति (एक पदका लागि) ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामाको उम्मेवारी परेको छ भने सहमहामन्त्री दलिततर्फ (एक पदका लागि) नरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र लक्ष्मी परियारको उम्मेवारी परेको छ ।

यस्तै, मधेसी सहमहामन्त्री (एक पदका लागि) अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाहको उम्मेवारी परेको छ भने खस आर्यतर्फ सहमहामन्त्री (एक पदका लागि) जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्री थारूतर्फ (एक पदका लागि) तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीको उम्मेवारी परेको छ भने सहमहामन्त्री मुस्लिमतर्फ (एक पदका लागि) अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा फिरदोस आलमको उम्मेवारी परेको छ ।

त्यसैगरी, सहमहामन्त्री पिछडिएको क्षेत्र (एक पदका लागि) जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मीनबहादुर भाम र राजन कुँवरको उम्मेवारी परेको छ ।

यस्तै, सहमहामन्त्री अल्पसङ्ख्यक वा अपाङ्गतातर्फ (एक पदका लागि) आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकालीको उम्मेवारी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, केन्द्रीय सदस्यमा पनि उल्लेख्य मात्रामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रथम नामावलीमा कुनै दाबीविरोध रहेमा प्रक्रियासम्मत दाबी विरोधका लागि आज बिहान १०ः०० देखि १२ः०० बजेसम्मका लागि समय तोकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.49
151.09
European Euro
1
166.43
167.10
UK Pound Sterling
1
199.16
199.95
Swiss Franc
1
179.79
180.50
Australian Dollar
1
102.27
102.68
Canadian Dollar
1
105.54
105.96
Singapore Dollar
1
116.92
117.39
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.10
40.26
Qatari Riyal
1
41.29
41.45
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
36.82
36.96
South Korean Won
100
11.26
11.31
Swedish Kroner
1
15.01
15.07
Danish Kroner
1
22.26
22.35
Hong Kong Dollar
1
19.18
19.26
Kuwaity Dinar
1
487.65
489.60
Bahrain Dinar
1
399.02
400.61
Omani Rial
1
390.87
392.43