Opens in a new tab
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एनपिएल दोश्रो खेल : चितवन राइनोजको विजयी सुरुवात

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (मंगलबार) भएको खेलमा विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका लागि ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । अलराउन्डर आन्द्रे रसेलले ३३ रन बनाउँदा अर्का ओपनर लोकेश बमले २६ रनको योगदान दिए ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ र शुभम रञ्जनेले १० रन बनाए । नरेन साउँदले २ रन थपे । अन्य तीन ब्याटरले खाता खोल्न सकेनन् ।

चितवनका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिँदा रन्जित कुमार, मौसम ढकाल, टम लन्सेलोट टेलर र ड्यान माउस्लीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

चितवनका लागि डेभिड मलानले सर्वाधिक ७० रन बनाए । रवि बोपाराले अविजित ३१ र ड्यान माउस्लीले अविजित २९ रनको योगदान दिए । देव खनालले १२ र अर्जुन साउदले ३ रन बनाए ।

विराटनगरका लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाले समान १–१ विकेट लिए ।

यससँगै चितवनले एनपिएलमा पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.89
152.49
European Euro
1
169.21
169.88
UK Pound Sterling
1
202.24
203.04
Swiss Franc
1
183.34
184.07
Australian Dollar
1
106.71
107.13
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.67
41.84
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.15
37.29
South Korean Won
100
11.44
11.49
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
492.91
494.86
Bahrain Dinar
1
402.62
404.21
Omani Rial
1
394.50
396.06