नवलपुर / नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
कैलालीको धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
- ADVERTISEMENT -
















































