March 28, 2024

माडीका २७ घरधुरी चेपाङलाई न्यानो कपडा र सिरक डसना प्रदान

December 2, 2020

चितवन / हाम्रो टिम नेपालले माडी नगरपालिका वडा नं. ८ का चेपाङ समुदायलाई न्यानो कपडा र सिरक डसना वितरण गरेको छ । ‘भोकमुक्त, नाड्डोमुक्त, भेदभावमुक्त राष्ट्र निर्माण’ भन्ने नारासहित हाम्रो टिम नेपालले माडीका २७ घरधुरीलाई बुधबार न्यानो कपडा र सिरक डसना वितरण गरेको हो ।
हाम्रो टिम नेपालका अर्जुन भुषालका अनुसार जाडोयामका यो बेला अति विपन्न सुकुम्बासी चेपाङ समुदायलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा र सिरक डसना वितरण गरिएको हो ।
कार्यक्रममा माडी नगरपालिका अध्यक्ष अधिकारीले हाम्रो टिमले गरेको कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा माडी नगरपालिका वडा नं. ८ का अध्यक्ष कृष्णराज अधिकारी, शोभाखर गौतम, शिवजी गायक, माडी नगरपालिकाकी कार्यपालिका सदस्य सावित्री रेग्मी, शोभा पुन, भूमिका रसाइलीको रोहवरमा उक्त राहत सामग्री वितरण गरिएको हाम्रो टिमका भुषालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -