२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

अमेरिकी राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा गोली प्रहार

प्रकाशित मिति : २०७७ मंसिर २९ गते

वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उहाँको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए ।
तर राष्ट्रपतिको समर्थन र विपक्ष दुबैतर्फ प्रदर्शन हुन थालेका छन् । राष्ट्रपति ट्रम्पको विरोधमा पनि प्रदर्शन भएका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएको छ तर राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकार्नु भएको छैन ।
वासिङटन राज्यको प्रहरीले ट्वीट गर्दै राज्यको राजधानी ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको छ ।
अमेरिकी राजधानी वासिङ्टन डिसीमा चार जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरु अस्पतालमा भर्ना भएका छन् । घाइते चारै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भएका छन् ।
राजधानी वासिङटन डिसीमा भेला भएका प्रदर्शनकारीहरुले आफूहरु राष्ट्रपति ट्रम्पको पक्षमा निरन्तर जुलुसमा सहभागी हुने एएफपीलाई बताएका छन् ।
डिसीको प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारी ल्युक विल्सनले आफूहरु कुनै पनि हालतमा पछि नहट्ने बताउनुभयो ।
राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ भने राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको जनाउँदै निरन्तर आलोचना गरिरहे पनि राज्यका कैयौं निकाय र अदालतले ट्रम्पको दाबीलाई अस्वीकार गरेका छन् ।
पछिल्लो पटक अमेरिकी सर्वोच्च अदालतले पनि राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सासका महान्यायाधीवक्ताले चारवटा राज्यको मतगणना खारेज गर्न दिएको निवेदन खारेज गरिदिएको छ । राष्ट्रपति ट्रम्पले विस्कन्सिन, पेन्सिल्भेनिया, जर्जिया राज्यका लाखौं मतपत्र फर्जी भएको भन्दै त्यसलाई गणना नगर्न दबाब दिइरहनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61