२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सिटी हललाई प्रतिष्ठाको बिषय बनाउन हुँदैन’

प्रकाशित मिति : २०७७ माघ ८ गते

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गौरबको आयोजनालाई प्रतिष्ठाको बिषय वनाउन नहुने बताउनुभएको छ । आज यहाँ निर्माणाधिन अबस्थामा रहेको सिटीहल निरिक्षण पछि आयोजीत पत्रकार सम्मेलनमा दाहालले यस्तो वताउनुभएको हो । उहाँले भन्नुभयो “महानगरले गौरवको आयोजना अन्तर्गत सिटीहल निर्माणको प्रकृया सुरु गरेको छ ।
यसलाई कसैले पनि प्रतिष्ठाको बिषय वनाउँनु हुँदैन ।” प्रतिष्ठाको बिषय वनाउने होडवाजी चले आयोजना असफल वनाउने प्रपन्च हो भनेर वुझ्नु पर्ने उहाँको भनाई थियो । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सिटी हल निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ ।
जिल्ला समन्वय समिति चितवन स्वामित्वमा रहेको जग्गा महानगरको नाममा वनाई ४ विगाह ४ कठ्ठा क्षेत्रफलमा सिटी हल निर्माणको काम अगाडि बढेको हो । जिल्ला समन्वय समिति चितवनको नाममा रहेको चार बिघा चार कठ्ठा जमिनलाई भरतपुर महानगरपालिकाको स्वामित्वमा ल्याएर सिटी हल निर्माणको काम अगाडि बढाइएको हो ।
महानगर प्रमुख दाहालले सिटी हल आफ्नै कार्यकालमा उद्घाटन गर्नेगरि निर्माण गर्न ठेकेदार पक्षलाई आग्रह गर्नुभएको छ । निर्माण सामग्री अभाव नहुने भन्दै स्थानीयद्वारा समेत अवरोध हुन नदिने उल्लेख गर्दै दाहालले सिटी हल निर्माण सुरु भएसँगै शिलान्यास भइसकेकाले अब निर्माणपछि उद्घाटन गर्ने बताउनुभयो ।
सिटी हल निर्माण गर्ने र नारायणगढ–गोन्द्राङ सडक विस्तारको काम एउटै कम्पनीले पाउनु खुसीको कुरा भएको दाहालको भनाइ थियो ।
हानगरपालिकाको तीन वर्षदेखिको अवधारणा आगामी २७ महिनाभित्र पूरा हुने दाहालले बताउनुुभयो । सिटी हल निर्माणबारे जानकारी दिँदै सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले यो वहु वर्षीय आयोजना भएकाले रकमको अभाव नहुने बताउनुभयो ।
दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हल सहित अति विशिष्ठ कक्षहरु निर्माण हुने अर्यालले बताउनुभयो । निर्माणधीन सिटी हल २५ मिटर अग्लो हुने भन्दै अर्यालले सिटी हलमा २०र२० क्षमताको दुई वटा लिफ्ट राखिने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36