२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

हावाबाट १५ मिनेटमा गर्भवती … !

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते

एजेन्सी / इण्डोनेशियाकी एक महिलाले अफु हावाका कारण गर्भवती भएको दावी गरेकी छिन । उनको यो दावीले सबैलाई आश्चर्यचकित बनाएको छ ।
सुन्दै अचम्म लाग्ने यो समाचार अहिले विश्वभर भाइरल बनेको छ । इण्डोनेशियाकी २५ बर्षीया महिला सिटि जाइनाहले हावाका कारण गर्भ धारण गरेको बताएकी हुन ।
आफुले कुनै पुरुषसंग यौन सम्बन्ध नराखेकोे पनि उनको तर्क छ । उनको भनाई अनुसार उनी सुतिरहेका बेला अचानक हावाबाट गर्भवती भइन ।
सिटिको यो दावी सुनेर धेरै मानिसहरु अचम्ममा परेका छन । इण्डोनेशियाको जाभा प्रान्तको सियानजुर शहरकी निवासी सिटि जाइनाहले बताए अनुसार दिउँसोको समय थियो ।
मध्यान्हको प्रार्थना गरिसकेर उनी लिभिङ रुममा आराम गरिरहेकी थिइन । त्यही बेला उनलाई अचानक आफ्नो शरीरमा हावा प्रवेश गरिरहेको जस्तो महसुश भयो ।
यो घटना भएको मात्रै १५ मिनेटपछि उनको पेटमा दुखाइ शुरु भयो । पेट दुखाईकै क्रममा उनको पेट पनि ठूलो हुँदै आयो । असैह्य पिडा हुन थालेपछि उनलाई नजिकैको सामुदायिक क्लिनिकमा लगियो । त्यहाँ सिटिले एक स्वस्थ छोरीलाई जन्म दिइन ।
यसलगत्तै सिटिको यो अचम्म लाग्दो घटनाको खबर सवत्र फैलियो । धेरैले आश्चर्य ब्यक्त गरे । यो घटनाका बारेमा थप जानकारी लिन स्थानीय बासिन्दाहरुले क्लिनिकका प्रमुखसंग सोधपुछ गर्न थाले ।
त्यस क्रममा भर्खरै सुत्केरी भएकी सिटि जाइनाह विवाहित रहेको तथ्य खुल्यो । तर उनी लामो समय देखि आफ्ना पतिसंगको सम्पर्कमा छैनन् । छुट्टै बस्दै आएकी थिइन । उनको यसअघि पनि एक छोरी छिन ।
सामुदायिक क्लिनिकका निर्देशक इमान सुलेमानले भनिन, “परीक्षणका क्रममा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको देखियो । नर्मल डेलिभरी भएको हो । बच्चीको तौल २.९ किलोग्राम छ ।”
इमान सुलेमानका अनुसार यो केस ‘गुप्त गर्भावस्था’ का कारण भएको हुनसक्छ । यस्तो अवस्थामा महिलालाई प्रसव अघि गर्भावस्थाको महसुस नै हुँदैन ।
चिकित्सकले जे जस्तो तर्क गरे पनि स्थानीयहरु अझै पनि आश्चर्य ब्यक्त गरिरहेका छन । यति मात्रै हैन, स्थानीय प्रशासनले समेत यो घटनाको गहिरो छानविन गर्न शुरु गरिसकेको छ ।
सिटीको विहे, अघिल्लो बच्चालगायत पुरै जीवनका बारेमा छानविन हुन लागेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै टाइम्स नाओले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61