भरतपुर, चितवन \ सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था भरतपुर–२, क्षेत्रपुरले बिहीबार १३औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको १३औं वार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले दीप प्रज्वलन साथै केक काटी स्थापना दिवस मनाएको हो । कार्यालयको परिसरमा १३ वटा पानसमा दीप प्रज्वलन गरिएको थियो ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालले स्थापनाको १३औं वार्षिकोत्सवसम्म आइपुगेको खुशीयालीमा सम्पूर्ण शेयरसदस्य, कर्मचारी, शुभचिन्तक महानुभावहरु लगायत सबैमा आभार प्रकट गर्दै खुशी व्यक्त गरेका थिए ।
यसैबीच वार्षिकोत्सवको अवसरमा संस्थाले महानगर फलफुल तथा तरकारी बजारको परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले वृक्षरोपण शुभारम्भ गरेको उक्त अवसरमा संस्थापक अध्यक्ष, संचालक समितिका पदाधिकारी, लेखा समिति, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी संस्थाले साँझ मानव सेवा आश्रममा आश्रित ५५ जनालाई खाना खुवाइएको अध्यक्ष धितालले जानकारी गराए । सोही अवसर पारेर संस्थाले आश्रमलाई मूला ५, बन्दा ७, लौका १, काउली लगायत १५ बोरा तरकारी प्रदान गरेको उनले बताए ।
- ADVERTISEMENT -










































