March 28, 2024

१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ

July 6, 2020

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई शुक्रवार नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि भन्दै थप १८ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार घटनास्थलमा ब्लाङ्केट पनि भेटिएको छ । बालिकाको पोस्टमार्टम रिपोर्ट अझै आइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या गर्नुपूर्व बलात्कार भएको हो या होइन भनेर पुष्टि गर्न सकिने बताए । घटनाको तीव्र अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
गत बुधवार बिहान ११ बजे भैंसी चराउन घरबाट निस्केकी १० वर्षीया बालिकाको शनिवार स्थानीय दुधमती नदी किनारमा शव भेटिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -