चितवनमा एक पुरुषको शव फेला

0
49

चितवन / चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमलटांँडीमा एक पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार अन्दाजी ३५ वर्षको पुरुषको शव नहरमा आज बिहीबार बिहान भेटिएको हो ।
पुरुषको शबको पहिचान हुन नसकेको र अहिले घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने काम भइरहेको उनले बताए । घटनास्थल वरपर गोलीका खोका समेत देखिएको बताइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।