२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्वास्थ्य सम्बन्धी मापदण्ड, सामाजिक दूरी आजको अपरिहार्यता

प्रकाशित मिति : २०७८ श्रावण २८ गते

चितवन / चितवन लगायत देशैभर कोरोना संक्रमणदर बढ्दो छ । पछिल्लो समय चितवनमा एकाएक संक्रमण दर बढ्दै गएको पाइएको छ भने मृत्युदर पनि बढ्दै गएको छ । संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बुधबारबाट साउन ३२ गते रातिसम्म निषेधाज्ञामा थप कडाई गरिएको सूचना जारी गरेको छ ।
यसअघि प्रशासनले निषेधाज्ञा केही खुकुलो गरे पश्चात चितवनमा कोरोना संक्रमणदर बढ्दै गएको छ । जनसमुदायमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्नु, भीडभाडलाई बेवास्ता गर्नु, मास्कको प्रयोगविहीन हुनु यी सबै संक्रमणदर बढ्नुको कारक हो ।
हिजो बुधबार मात्रै चितवनमा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट १३८ तथा एन्टिजेनबाट ३३ जनामा संक्रमण पुष्टि जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिका भित्रका मात्रै १३० जना छन् । यस्तै खैरहनी नगरपालिकाका ८, माडीका १२, रत्ननगरका ८, राप्तीमा ८, कालिकाका ३ र इच्छाकामना गाउँपालिकाका २ जना रहेका छन् ।
यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २२ हजार ४७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना संक्रमितको मृत्यु भएको छ ।
हालको विषम परिस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु गराउनु, मास्कको प्रयोग अनिवार्य गर्नु, भीडभाडलाई निस्तेज पार्नु, सामाजिक दूरी कायम राख्नु नै कोरोना महामारीबाट बच्ने उत्तम उपाय भएको जिल्ला प्रहरी कार्यालय चितवनले आम समुदायलाई आग्रह गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09