March 29, 2024

मिडिया एक्सनको ३ दिने तालिम सकियो

July 31, 2020

चितवन । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयमा दिइएको तीन दिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिममा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले फोटो पत्रकारिताबारे प्रशिक्षण दिनु भएको थियो । उनले पत्रकारले ओरिजिनल तथा फेक फोटो विषयमा जान्न जरुरी तथा सधैं सकारात्मक सन्देश जाने फोटो प्रयोग गर्न सुझाव दिनुुभयो ।
त्यसैगरी अर्का प्रशिक्षक कमलदेव भट्टराईले सत्यतथ्य समाचारले समाजमा सदैव सकारात्मक सन्देश जानेछ भने फेक समाचारले पत्रकारको पेशामा समेत आँच आउने बताउनुभयो । सच्चा पत्रकार बन्नका लागि सत्यतथ्य समाचार पस्कनु पर्ने उनको भनाइ रहेको थियो ।
उक्त तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष नारायण दत्त पन्त, मिडिया एक्सन बागमती प्रदेशका संयोजक मधुसुदन दवाडीलगायतले पत्रकारहरुलाई प्रशिक्षण दिइएको थियो ।
शुक्रबार सम्पन्न ३ महिने तालिम १ महिना पछि दोश्रो तालिम हुने अध्यक्ष पन्तले जानकारी दिनुभयो । १ महिनापछि हुने दोश्रो तालिममा पुरानै प्रशिक्षार्थीहरुलाई मात्र प्रशिक्षण दिइने उनको भनाइ थियो ।
तालिममा चितवनका विभिन्न मिडियामा कार्यरत १६ जना पत्रकारहरु सहित २२ जनाको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -