२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

लायन्सको दशौं महाधिवेशन : गभर्नरमा सिद्धार्थ चुके

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते

गैडाकोट / लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को दशौं महाधिवेशन शनिबार गैडाकोटमा सम्पन्न भएको छ । महाधिवेशनपछि डिष्ट्रिक ३२५ बि २ लाई ४ वटा डिष्ट्रिकमा पुर्नसंरचना गरिएको छ ।
डिष्ट्रिक ३२५ बि २ अब डिष्ट्रिक ३२५ एन क्रमशः डिष्ट्रिक ३२५ पी, आर र एस भएका छन् । महाधिवेशनले हरेक डिष्ट्रिकका गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर र द्वितीय भाईस डिष्ट्रिक गर्भनरको चयन गरेको छ ।
डिष्ट्रिक ३२५ आरको गर्भनरमा सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा आर एस महतो र द्वितीय भाईस डिष्ट्रिक गर्भनरमा दिनानाथ न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित गर्भनर चुकेले शनिबार नै डिष्ट्रिकको सचिवमा राजेन्द्र गौतम र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठलाई मनोनयन गरेका छन् ।
डिष्ट्रिक ३२५ एनको गर्भनरमा सि बि चन्द, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मुकुट ढकाल तथा द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा बिनोद कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै डिष्ट्रिक ३२५ एस को गर्भनरमा अमरबहादुर श्रेष्ठ, द्वितीय भाईस डिष्ट्रिक गर्भनरमा टासी डोल्मा तुम्बाहाम्फे निर्विरोध निर्वाचित भएका हुन् भने प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मा डि एन अग्रवाल निर्वाचित भएका छन् ।
अग्रवालसँग उमेश शाह कानु प्रतिस्पर्धामा थिए । अग्रवालले १३२ मत ल्याई बिजयी हुँदा कानुले २८ मत प्राप्त गरेका थिए ।
त्यस्तै गरी डिष्ट्रिक ३२५ पी को गर्भनरमा नवराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले १८१ मत प्राप्त गरी निर्वाचित हुदा प्रतिस्पधी उमङ्ग देवकोटा १२२ मत प्राप्त गरेका थिए ।
डिष्ट्रिक प्रथम भाईस डिष्ट्रिक गर्भनरमा अर्जुनमान सैंजु निविरोध निर्वाचित भएका छन् । द्वितीय भाईस डिष्ट्रिक गर्भनरमा ३ जना प्रतिस्पर्धी रहेकोमा पुरुषोत्तमभक्त प्रधानाङ्ग १६८ मत प्राप्त गरी विजयी बनेका छन् ।
उनका प्रतिस्पर्धी बलराम भट्टराई १३२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक डिके ढुंगानाले जानकारी दिए ।
नारायणी रिसोर्टम भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व अन्तरराष्ट्रिय निर्देशक सञ्जय खेतान रहेका थिए । प्रमुख अतिथि खेतानले महाधिवेशनका अवसरमा प्रकाशित स्मारिकाको बिमोचन गर्नुका साथै उत्कृष्ट कार्य गर्ने लायनहरुलाई सम्मान समेत गरेका थिए ।
डिष्ट्रिक ३२५ बि २ का सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष नारायणप्रसाद शर्माले प्रस्तुत गरेको आ—आफ्नो प्रतिवेदन सभाले अनुमोदन गरेको थियो ।
कोभिडका कारणले मतदातालाई मात्र उपस्थित गराई महाधिवेशन सम्पन्न गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक बाल गोपाल चुकेले बताए ।
महाधिवेशन डिष्ट्रिक ३२५ बी २ का गर्भनर रामप्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । नयाँ निर्वाचित कार्यसमितिले आउँदो जुलाई महिनाबाट आफ्नो कार्य सुरु गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61