चितवन / भरतपुर महानगरपालिका–१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीत भण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ ।
१४ सय टन क्षमताको रुममा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । शितभण्डारको अण्डरग्राउण्डमा दूध तथा मासुजन्य फोरजनका सामान भण्डारण गर्न सकिनेछ ।
चितवन चनौली शीत भण्डार सहकारी संस्थाले पाँच तला भएको शीत भण्डार निर्माण गरेको हो । शीत भण्डारमा किसान र व्यापारीले आवश्यकता अनुसार कृषिजन्य उत्पादन भण्डारण गरेर राख्न पाउने सहकारीका अध्यक्ष सूर्यमणी पौडेलले बताए ।
‘कृषिजन्य उत्पादनले मूल्य नपाएर किसानले आफुले लगाएका उत्पादनहरु फाल्नुपर्ने अवस्था थियो’, उनी भन्छन्, ‘आफ्ना उत्पादनले बजार नपाएको अवस्थामा किसानले अब शीत भण्डारमा भण्डारण गरेर बेमौसममा बिक्री गर्न पाउने भएका छन् । किसानहरु लाभान्वित हुने छन् ।’
शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ ।
शीत भण्डारको संरचनामा स्टिलको प्रयोग गरिएको छ । आवश्यकताअनुसार चिसोपना कायम गर्न मिल्ने पप प्यानल इन्सुनेटेडको प्रयोग गरिएकाले यो शीत भण्डार देशकै नमुना शीत भण्डार भएको उनले दाबी गरे ।
दुईवटा लिफ्ट, फोरजनजन्य सामान भण्डारण गर्ने दुई सय टन क्षमताको दुईवटा कोल्ड रुम र मोज्याक टायललगायतका पूर्वाधार तयार गर्न अझै बाँकी रहेको पौडेलले बताए । यी पूर्वाधार तयार गर्न करिब दुई करोड लाग्ने र त्यसका लागि सहकारी विभागसँग सम्झौता हुन लागेको उनले जानकारी दिए ।
शीत भण्डार निर्माण गर्ने उद्देश्यले २१ असार २०६९ मा सहकारी स्थापना भएको हो । नौ वर्षको अवधिमा ५४ वटा सहकारी संस्थालाई एकीकृत गर्दै एक हजार तीन जना शेयर सदस्य पु¥याइएको उनले बताए ।
शीत भण्डार निर्माण भएपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । बजार नपाएको अवस्थामा भण्डार गरेर राख्न शीत भण्डार निर्माण भएकाले कृषि गर्न उत्साहित भएको स्थानीय किसान मुना सुवेदीले बताइन् । ‘यहाँबाट नारायणगढसम्म लगेर बेच्दा पनि मूल्य नपाएर फाल्नुपरेको थियो’, उनी भन्छिन्, ‘अब फाल्नुपर्दैन कि भन्ने लागेको छ ।’
उनले एक बिघामा मकै, खरबुजा, बोडी लगायतको खेती गरेकी छन् । आठ वर्षअघि एउटा सहकारीमा हुँदा चार बिघामा लगाएको खेतीले बजार नपाउँदा खेतमै नष्ट गर्नुपरेको उनले सम्झन्छिन् ।
अब त्यसरी नष्ट गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनलाई विश्वास छ । गत वर्षअघिसम्म किसानले खेतमा लगाएका कृषिजन्य उत्पादनले बजार नपाउँदा खेतमै नष्ट गर्नुपरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा २८ सय टन क्षमताको शीत भण्डार सञ्चालन हुँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36












