मकवानपुर / नेपाल प्रेस युनियनको ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएको हो ।
प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी तीव्र पारिएको जनाएको छ । बिहीबार नै रिगल हेटौंडा रिसोर्टमा महाधिवेशन तयारीको लागि सचिवालयसमेत स्थापना गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयको उद्घाटन गरेका हुन् ।
सचिवालय उद्घाटन गर्दै बानियाँले युनियनको महाधिवेशन सम्पन्न गर्न पार्टीले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । मुलुकमा लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्न पत्रकारको अहम् भूमिका हुने भन्दै बानियाँले पत्रकारले सत्य र तथ्यमा आधारित भई सत्य सामाग्री प्रवाह गर्नुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनको तयारी तीव्र पारिएको भन्दै साउन पहिलो साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुको सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने बताए । महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समितिहरु गठन भइसकेको पनि उनले बताए । विविध कारणले यसअघि युनियनको महाधिवेशन सर्दै आएकोमा यस पटक भने जस्तोसुकै कठिन परिस्थितिका बाबजुत पनि महाधिवेशन सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाए । महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत चुन्ने छ ।
महाधिवेशन सम्पन्न गर्नको लागि युनियनले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ । जसको सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी रहेका छन् । आवास व्यवस्थापन समिति संयोजकको जिम्मा रुपेश दुलाललाई दिइएको छ भने भोजन व्यवस्थापनमा सुजन विडारीलाई संयोजक तोकिएको छ । पोष्टराज अधिकारी कुमारको संयोजकत्वमा सचिवालय व्यवस्थापन हुनेछ भने प्रचार प्रसारको जिम्मा केशव समर्पणलाई दिइएको छ ।
अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा रहेका छन् । विधान मस्यौदा संशोधन समितिको संयोजक वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने प्रतिनिधि व्यवस्थापनको जिम्मा कार्यबहाक महासचिव भिष्मराज ओझालाई दिइएको छ । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ भने तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरिसकिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रेस युनियनको महाधिवेशन साउनको पहिलो साता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









