कास्की / एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । अघिल्ला दुई वर्ष कोरोना भाइरसका कारण एसईईमा सहभागी हुने विद्यार्थीलाई सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर दिएका थिए । जसका कारण ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि सन्तोषजनक थियो ।
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिएर नतिजा प्रकाशन गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलका अनुसार स्याङ्जामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एउटा पनि छैन । ‘यस वर्षको नतिजा लाजलाग्दो छ,’ उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी देखिएन ।’ कोभिड र वर्षाका कारण शैक्षिक सत्र समयमै सञ्चालन नहुने, असोजमा सुरु भएको शैक्षिक सत्र ६ महिनापछि बन्द हुँदा पाठ्यक्रम पनि अधुरै रहेको पौडेल बताउँछन् ।
समयमै विद्यालय गएर पठनपाठन गरेजस्तो अनलाइनमा पढेर नहुने उल्लेख गर्दै उनले सरकारी विद्यालयको नतिजा बर्सेनि खस्किँदै गएको बताए । ३.५ देखि ३.९ जीपीए ल्याउने विद्यार्थी जम्मा ६१ जना रहेको बताउँदै उनले थपे, ‘विज्ञान लिएर पढ्ने विद्यार्थीलाई समस्या देखियो । कि त ग्रेड बढाउन पुनः परीक्षा दिए मात्र हो ।’ उनका अनुसार अधिकांश विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा कमजोर देखिएका छन् ।
कास्कीमा भने ४ जीपीए ल्याउने २ जना छन् । कास्कीका शिक्षा समन्वय इकाइ प्रमुख नारायण सुवेदीले गतवर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १५ रहेको बताए । ‘विद्यालयले मूल्यांकन गरेर दिएको नम्बर जस्तो परीक्षा बोर्डले लिँदा भएन,’ उनले भने, ‘सरकारी विद्यालय पनि कमजोर हुँदै गएका छन् ।’ उनले बर्सेनि एसईईको नतिजा खस्किँदै गएको बताए । स्याङ्जामा ४ हजार ८ सय ५४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने कास्कीमा १० हजार ४ सय ४१ जना थिए । – कान्तिपुरबाट
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

खस्किँदै एसईई शिक्षा नतिजा, स्याङ्जामा ४ जीपीए शून्य

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72













