२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन प्रहरीको चाडपर्व लक्षित नागरिक सुनुवाई तथा अन्तरक्रिया

प्रकाशित मिति : २०७९ भाद्र ३० गते

चितवन / चाडपर्वलाई लक्षित गरी नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको सहकार्यमा आज (बिहीबार) नारायणगढमा सो कार्यक्रम गरिएको हो ।
उद्योगी व्यवसायी एवं आम सर्वसाधारण नागरिकहरुको सुरक्षा सम्बन्धीका जिज्ञासा एवं सुझावहरुको बारेमा जानकारी लिने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो ।
अन्तरक्रियामा उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले शान्ति सुरक्षा प्रत्याभुतिको लागि सार्वजनिक र निजी क्षेत्र मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए । व्यवसायीहरु आफ्नो सुरक्षाको विषयमा आफू पनि चनाखो हुनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले सर्वसाधारणको पहुँचमा प्रहरी रहनको लागि प्रहरी एपको विकास गरी गुनासो गर्ने व्यवस्थाको लागि सुझाव दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले प्रहरी शान्ति सुरक्षा अमनचयन र अपराध नियन्त्रणमा कटिबद्ध भएको बताए । प्रहरी प्रमुख अधिकारीले समुदाय–प्रहरी साझेदारी अवधारणा बमोजिम सर्वसाधारणको सहयोग, सद्भाव र सहकार्यमा अगाडि बढ्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्षविकास थापा, चितवनउद्योग संघका बरिष्ठ उपाध्यक्ष सुर्यप्रसाद न्यौपानेले मन्तव्य दिएका थिए ।
कार्यक्रममा संघका पदाधिकारी, संघका कार्यसमिति सदस्य, संघका कार्यकारी निर्देशक, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी उद्योगी, व्यवसायी, बैक, सहकारी संस्थाका प्रतिनिधि, आम सर्वसाधारण नागरिक लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रम प्रहरी निरीक्षक देवराज शर्माले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51