चितवन / बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले जनमतको कदर हुने गरी काम गर्ने बताएका छन् । मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट चितवन क्षेत्र नं.१ को प्रदेश २ को सदस्य पदमा निर्वाचित भएपछि नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला समितिले आयाजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले भने, ‘मैले पाएको मतप्रति घात गर्दिनँ, अन्य दलका उमेदवारले पाएको मतको समेत कदर हुने गरी काम गर्नेछु ।’
जनताबाट अनुमोदित भइसकेपछि सबैको साझा जनप्रतिनिधि भएर काम गर्नुपर्ने हुँदा जनताले दिएको त्यो जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ । ‘मलाई पुनः जनताले चुनेर सामाजिक सेवा गर्ने मौका दिनुभएको छ, उहाँहरूको मतलाई पूर्णरूपमा सदुपयोग हुने गरी काम गर्नेछु,’ उनले भने ।
तर, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले पाएको उमेदवारले जिते पनि समानुपातिक मत सन्तोषजनक नभएको हुँदा त्यसबारे पार्टीभित्र छलफल गर्नुपर्ने उनको भनाइ छ । चितवनमा पार्टी र संगठन निर्माणमा समेत विशेष ध्यान दिनुपर्ने समय आएको मन्त्री खनालले बताए । निर्वाचनको समयमा पार्टीका नेता तथा कार्यकर्ताबाट पाएको सहयोगप्रति पनि उनले आभार व्यक्त गरे । खनाल नेकपा एस पार्टीको बागमती प्रदेश इन्चार्ज समेत हुनुहुन्छ ।
कार्यक्रममा नेकपा एस चितवनका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णु महतो, भरतपुर महानगरपालिका वडा नं. ९ का अध्यक्ष यमलाल कंडेललगायतले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम एकीकृत समाजवादी पार्टी चितवनका अध्यक्ष डा कृष्ण पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रदेशमन्त्री कृष्ण खनाल भने– मैले पाएको मतप्रति घात गर्दिनँ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













