चितवन / कम्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवनको अध्यक्षमा टेकलाल भुषाल चयन हुनुभएको छ । क्यान चितवनको शनिबार भरतपुरमा भएको १७ औं साधारणसभा तथा ८ औं अधिवेशनले भुषाललाई सर्वसम्मत चयन गरेको हो ।
एशोसियनको उपाध्यक्षमा दिलिपकुमार तामाङ्ग, कोषाध्यक्षमा रुपक नेपाल, सचिवमा कृष्ण पोख्रेल र सहसचिवमा अनिता भुषाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विनोद सापकोटा, असिम ढुंगाना, प्रदिप महत्तो, तारानाथ बराल, लक्ष्मी रिमाल पौडेल, अजय गौतम र लीलानाथ भुषाल चयन हुनुभएको हो ।
अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि चुननारायण श्रेष्ठले क्यान चितवनले वस्तुगत संघ मार्फत सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए । आर्थिक हब बनाउनको लागि सूचना प्रविधिको भूमिका उत्तिकै महत्वपूर्ण भएको बताउंँदै श्रेष्ठले चितवनलाई सूचना प्रविधिको हब बनाउनुपर्नेमा जोड दिए
हालका दिनहरुमा हरेक व्यवसायिक क्षेत्र तरलता अभाव, चर्को व्याज र महंगीको मारमा परेको भन्दै उनले सरकारले राष्ट्र बैंकको चालुपुंँजी कर्जा मार्गनिर्देशनलाई संशोधन गर्नुपर्ने बताए ।
क्यानका केन्द्रिय उपाध्यक्ष कुशल रेग्मीले क्यानले ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गरिसकेकोे जानकारी दिए । क्यानले सूचना प्रविधिको क्षेत्रमा सरकारको नीति निर्माणमा सहकार्य गर्दै आएको भन्दै रेग्मीले डिजीटल नेपाल र स्मार्ट सिटीको अवधारणमा क्यान अघि बढेको बताए ।
क्यानले अन्तरराष्ट्रिय सरोकारवाला संस्थासंँग पनि सहकार्य गर्दै आएको बताउंँदै उहांँले जिल्लाका शाखाहरुको स्तोरन्नतीमा जुनुसकुै सहयोग गर्न तयार रहेको बताए ।
क्यानका केन्द्रिय सदस्य भानु शर्माले सूचना प्रविधि व्यवस्थित र व्यवसायिक बन्नुपर्नेमा जोड दिए । व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भन्दै शर्माले व्यवसायीहरुमा एकता र मुल्यमा एकरुपता हुनुपर्ने बताए । क्यानले हार्डवेयर क्षेत्रको साथै कम्युटर सफ्टवेयर र नेटवर्किङ्ग क्षेत्रलाई पनि समेट्दै लग्नु पर्ने जिकिर थियो । चितवन सबै क्षेत्रको हब भएको हुंँदा सूचना प्रविधिको हब बनाउनु पर्ने उनको धारणा थियो ।
कार्यक्रम सन्तोषजनक भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो । क्यान चितवनमा १५३ जना सदस्य आवद्ध छन् भने कार्यकाल दुई वर्षको हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कम्युटर एशोसियसन महासंघ चितवनको अध्यक्षमा भुषाल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














