चितवन / नेपथ्य ब्याण्ड ग्रुपका मुख्य गायक अमृत गुरुङसहितको टोली चितवन आइपुगेको छ । नारायणगढस्थित क्याम्पाचौरमा मंसिर २५ गते हुने ‘नेपथ्य लाइभ कन्सर्ट’का लागि नेपथ्य ब्याण्ड ग्रुप शुक्रबार चितवन आइपुगेको हो ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कन्सर्टका संयोजक ओमकार कँडेललगायत आश्रमका अभिभावकहरुले नेपथ्यका गुरुङ सहितको समुहलाई पुष्पगुञ्छा तथा खादा लगाएर स्वागत गरेका हुन् । नेपथ्य टिमलाई स्वागत गर्न आश्रमका अभिभावक तथा समाजसेवी बालगोपाल चुके, गुणराज दाहाल, पुष्प धिताललगायतको सहभागिता थियो ।
नेपथ्यले क्याम्पाचौरमा स्टेज निर्माणको काम समेत थालिसकेको छ भने अब कार्यक्रम हुन दुई दिन मात्रै बाँकी हुँदा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जनाएको छ ।
मानवता प्रवद्र्धनका साथै यहाँस्थित मानव सेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ यही २५ गते हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोक÷पप गीतहरु प्रस्तुत गर्नुहुनेछ ।
मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी मानिसको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।
मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।
- ADVERTISEMENT -

लाइभ कन्सर्टका लागि नेपथ्य टिम चितवनमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













