काठमाडौं / फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले अहिलेबाटै दौडधुप बढाएका छन् । मंसिर ४ को निर्वाचन परिणाम आएपनि सरकार गठन नहुँदै राष्ट्रपति पदलाई बढी नै महत्व दिँदै आकांक्षीहरुले दौडधुप तीव्र बनाएका हुन् । अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि सत्ता गठबन्धनकै नेताहरूको तेहेरो दावी पर्ने देखिन्छ ।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल र माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ । पौडेल र खनालले राष्ट्रपतिका लागि माहोल आफ्नो पक्षमा पार्ने प्रयास थालिसकेका छन् । नेता पौडेलले आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवादेखि गठबन्धनका नेता माधव नेपाल र प्रचण्डलाई भेटेर यसको संकेत दिइसकेका छन् ।
पौडेलले यसअघि आफुलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने गरेपनि संसदीय दलको नेतामा देउवालाई सहजै छाडेर आफूलाई राष्ट्रपतिमा सुनिश्चित गर्ने उपाय रचेका छन् । कांग्रेस नेता कार्यकर्ताका अनुसार आफुलाई राष्ट्रपति बनाउने शर्तमा पौडेलले देउवालाई दलको नेतामा सघाएका हुन् । त्यसका लागि दुई नेताबीच गोप्य सहमति भएको हुनसक्ने कांग्रेसभित्र व्यापक चर्चा छ । पौडेलबाहेक एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि राष्ट्रपतिमा आफ्नो स्वाभाविक दावी रहने सार्वजनिक रुपमै बताइसकेका छन् ।
सोमबार मात्रै नेता खनालले राष्ट्रपतिका लागि आफ्नो सशक्त दावी रहने बताएका थिए । यसअघि पनि गठबन्धनका नेताहरूले आफूलाई राष्ट्रपति बनाउने आश्वासन दिएकाले अहिले आफूलाई दावी गर्न अप्ठेरो नहुने खनालको भनाइ छ । ‘स्वाभाविक रुपमा राष्ट्रपतिमा मेरो सशक्त दावी रहन्छ’, खनालको भनाइ छ । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री नपाए राष्ट्रपति र सभामुखमा दावी गर्ने तयारी गरेको छ । यद्यपि माओवादीले आफ्नो बटमलाईन प्रधानमन्त्री नै बनाएको छ ।
‘यदि दलहरूबीच शक्ति बाँडफाँटका क्रममा माओवादीले प्रधानमन्त्री नपाउने अवस्था भयो भने स्वाभाविक रुपमा राष्ट्रपति र सभामुखमा दावी गर्छ’, प्रचण्ड निकट एक माओवादी नेताले भने,‘त्यसो हुँदा गठबन्धनमा सहकार्य समेत गरेका डा. बाबुराम भट्टराईलाई अघि सार्ने निश्चित छ ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राष्ट्रपतिमा गठबन्धनबाटै तेहेरोको दावी !

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













