२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित मिति : २०७९ पुष १७ गते
Sketch

रौतहट / रौतहटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा शनिबार साँझ ना १ ज ६७४९ नम्वरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं. २ का ६५ वर्षका गौकरण यादव रहेका छन् । मोटरसाइकलमा सवार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यस्तै तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नम्वर ३–०१–००६ ख ०९२४ नम्वरको बसले शनिबार अपरान्ह विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
बसको ठक्करबाट स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई तत्कालै दमौली अस्पताल पुर्याइएको थियो । मियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिया तनहुँको भानु नगरपालिका १३ समजपुर बस्थे । बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीेले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22