२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा परिचय–पत्र

प्रकाशित मिति : २०७९ पुष २४ गते

चितवन / रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचय वितरण कार्यक्रम सम्पन्न भएको छ ।
रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षता एवं रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरप्रमुख सापकोटाले २५० विपन्न नागरिकलाई परिचय वितरण गर्दै निःशुल्क स्वास्थ्य बिमा फागुन १ गतेदेखि लागू हुने बताए । उनले आफूले चुनावी अभियानमा घोषणा गरेको प्रतिबद्धताअनुरुप वडा नं–३ बाट परिचयपत्र वितरणको थालनी गरिएको बताए ।
नगरपालिकाले कोही पनि स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ३५ सय विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको र छुटेका नागरिकको हकमा वडाका स्वास्थ्य केन्द्रले समन्वय गर्ने जानकारी दिए ।
नगरप्रमुख सापकोटाले विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्ने र उपचार गराउन नसक्ने विपन्न नागरिकलाई अझै सहज बनाउन थप ३० लाख रुपैयाँको स्वास्थ्य उपचार अक्षयकोष स्थापना गरिएको बताए ।
नगरपालिकाले शिक्षामा छात्रवृत्ति र कृषिमा अनुदान दिइएको बताउँदै आफ्नो अधिकार प्राप्त गर्नका लागि हरेकले चासो राख्नुपर्ने बताए । ‘जुनसुकै नगरवासीको पीरकर्मा समाधानका लागि मेयरको कार्यालय खुल्ला छ’, उनले भने, ‘नगरपालिकामा आएर प्रत्यक्ष भेटेर आफ्नो समस्या र सुझाव राख्न सक्नुहुनेछ ।’
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–३ का सदस्य एवं निःशुल्क स्वास्थ्य बिमा संयोजक शिव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष खरेलले नागरिकले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमाका लागि एक करोड रुपैयाँको बजेट छुट्याइएको र सोहीअनुरुप १६ वटै वडामा विपन्न तथा सुकुमबासी नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम थालनी गरिएको बताए । यस्तै, सामूहिक खेतीका लागि पनि ५० लाख रुपैयाँको बजेट छुट्याइएकोले विपन्न किसानले यसबाट लाभ लिन आग्रह गरे ।
कार्यक्रममा वडा नं ३ का स्वास्थ्य केन्द्र प्रमुख निर्दोषी घिमिरे, वडा सदस्यहरु देवी सुनार, ईश्वर जमरकट्टेल, बैशाखनी थरुनीलगायत महिला स्वास्थ्य सेविकाहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72