नेपालमा हवाई सेवाले मान्यता पाएको पनि ६५ वर्ष पूरा भइसकेको छ । नेपालको उड्डयन क्षेत्रको इतिहास हेर्दा नेपाल वायुसेवा निगमले सन् १९५८ मा पटनाबाट काठमाडौँको गौचरनमा उतारेको डकोटा जहाजबाट सुरू भएको मानिन्छ । साढे छ दसकको अवधिमा नेपालमा १०९ हवाई दुर्घटना भएका छन् । जसमध्ये सबैभन्दा ठूलो जनधनको क्षति आइतबार बिहान पोखरा–७ घारीपाटन र पोखरा–१५ नयाँगाउँस्थित सेतीनदीको खोँचको अफ्ठ्यारो स्थानमा दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा भएको छ । सो दुर्घटनामा ६८ जनाको शव भेटिएको छ भने चार जना हराइरहेका छन् । यद्यपि दुर्घटना कसरी भयो भन्ने यकिन तथ्य अझै आइसकेको छैन । नेपाली आकास असुरक्षित रहेको प्रचार भइरहेका बेला बर्सेनि शृङ्खलाबद्ध हवाई दुर्घटना हुनुले नेपालको हवाई सुरक्षामा सवाल उठ्नु अन्यथा होइन । यसै पनि युरोपियन युनियन (ईयू)ले नेपाललाई कालोसूचीमा राख्दै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले समेत नेपाली आकासलाई असुरक्षित भन्दै आएको छ ।
नेपाललाई ईयूले कालोसूचीबाट हटाउने विषयमा बहस हुँदै गर्दा फेरि विमान दुर्घटना हुनु दुर्भाग्यको कुरा हो । नेपालमा हवाई दुर्घटना हुनुमा मानवीय त्रुटि, भौगोलिक वनावट, प्रतिकूल मौसम, पर्याप्त सूचनाको कमी, पुराना जहाज, आधुनिक उपकरणको अभावलाई विज्ञहरुले मुख्य कारण मानेका छन् । नेपालको भौगोलिक वनावट र मौसमसम्बन्धी जानकारी दिने प्रभावकारी संयन्त्रको कमी पनि अर्को कारण मानिएको छ । दुर्घटना भएपछि छानबिन समिति बन्ने गर्छ र विज्ञहरुले सुझाव प्रतिवेदन पनि दिने गर्छन् । तर, सुझाव कार्यान्वयनतर्फ न सरकारले चासो राख्छ, न त हवाइ कम्पनी नै अग्रसर हुन्छन् । निजी कम्पनीहरुको होडबाजी र प्रतिकूल मौसममा पनि जहाज उडाउनुपर्ने बाध्यताले नेपालको आकास असुरक्षित छ भन्ने मान्यतालाई नै मलजल गर्ने काम भइरहेको छ । यात्रुको जीवनसँग सरोकार राख्ने अत्यन्त संवेदनशील विषयमा ध्यान नदिने प्रवृत्तिका कारण हवाई दुर्घटना न्यूनीकरण गर्न चुनौती बढिरहेको छ । नेपाली आकासमा उड्ने प्रायः जहाजहरु पुराना र रिकन्डिसनमा खरिद गरिएका छन् । त्यसमाथि जहाजको मर्मत सम्भार, प्राविधिक चेकजाँच र आधुनिक प्रविधिको जडान गर्नुपर्ने विषयमा गम्भीर नहुँदा बर्सेनि कहालीलाग्दा दुर्घटनाका खबर आउने गर्छन्, जुन चिन्ताको विषय हो ।
नेपाली हवाईयात्राको इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा ७२ वटा जहाज ठूला दुर्घटनामा परिसकेका छन् । आइतबार यती समूहको १४औँ हवाई दुर्घटना हो । नेपाली आकास दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९१२ पुगेको छ । ती दुर्घटनामा ६९० जना भने बाँच्न सफल भएका छन् । यसरी एकपछि अर्को गर्दै नेपालमा हवाई दुर्घटना हुँदा नेपालको हवाई सुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ । नेपालको भौगोलिक अवस्थाका कारण पनि प्राविधिकरूपमा केही कमजोरी हुँदाहुँदै पनि विमान चालकहरूले आफ्नो अनुभवका आधारमा विमान उडाउनुपर्ने बाध्यता रहँदै आएको छ । आइकाओको उड्डयन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ । त्यसैले नेपालको हवाई सेवा सुरक्षित,
भरपर्दो र विश्वासिलो बनाउन नागरिक उड्डयन प्राधिकरण (वायुसेवा कम्पनीहरूको नियमन, अनुगमन र परीक्षण गर्ने निकाय)ले गम्भीरतापूर्वक विज्ञहरुको सुझाव कार्यान्वयन
गर्नु अति नै जरूरी देखिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हवाई सुरक्षाको खाँचो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













